Friday, September 4, 2026
spot_img

सरकारलाई ‘दिल खोलेर’ सघाइरहेको निजी क्षेत्र

spot_img

भदौ १० गते भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण मुलुक अहिले शोकमा छ । करिब ११ सयको शवहरु भेटिएको छ, ४५ सय हाराहारी मानिसहरु अझै पनि सम्पर्कबिहीन छन् । जलविद्युत, सडक, पुल, घर, गाडी लगायतका भौतिक क्षतिको आँकलन गर्नै कठिन छ ।

मानवीय क्षति पछि यो बाढीबाट सबैभन्दा बढी प्रभावित निजी क्षेत्र नै देखिएको छ । क्षतिग्रस्त भएका १५ वटा जलविद्युत आयोजनामध्ये १० भन्दा बढी निजी क्षेत्रकै अगुवाईमा बनेका र बन्दै गरेका आयोजना छन् । केरुङबाट सामान लिएर आउँदै गरेका करिब ४ सय वटा मालबाहक ट्रक बगेका छन् । अटोमोबाइल्स व्यवसायीहरुले दशैँ र तिहारलाई लक्षित गरेर मगाएका ८ सयभन्दा बढी नयाँ गाडी (कारहरु) बाढीमा परेका छन् । स–साना पसलहरु त कति बगे भन्ने अनुमान नै छैन ।

सरकारलाई निजी क्षेत्रकै भरथेग

आफैँ यस्तो महासंकटमा हुँदा पनि उद्योगी व्यवसायीहरुले सरकारलाई दिल खोलेर सहयोग गरिरहेका छन् । कतिसम्म भने, चीनबाट बिवाईडीको गाडी आयात गर्ने साइमेक्स इंक अहिले आफैँ पीडामा छ । यही बाढीमा २ सय हाराहारी गाडी परेर नोक्सानी ब्यहोरे पनि साइमेक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ७ करोड सहयोग गरेको छ ।

जलविद्युत आयोजनाहरु बाढीले क्षतिग्रस्त हुँदा पनि ऊर्जा उत्पादकहरुले आफ्नो पीडा बिर्सिएर १३ करोड रुपैयाँ सरकारी कोषमा सहयोग गरेका छन् ।

वर्तमान सरकार बन्नासाथ सबैभन्दा ठूलो धरपकड ब्यहोरेका उद्योगीहरुले पनि अहिले सहयोगमा कुनै कन्जुस्याईँ गरेका छैनन् । सत्ताको कठोर व्यवहार झेलेपनि अहिलेको विपद्मा निजी क्षेत्रले नै सबैभन्दा पहिला सहयोगको हात अघि बढाए ।
शंकर ग्रुपका संस्थापक शंकर अग्रवाल अहिले पनि थुनामै छन्, तर यो ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्वार र पुनःस्थापनाका लागि भन्दै ४ करोड रुपैयाँ सहयोग गरेको छ । सरकारको धरपकडमा परेका उद्योगी शेखर गोल्छाले १ करोड ५० लाख सहयोग उपलब्ध गराएका छन् ।

निर्माण व्यवसायीद्वय बिक्रम पाण्डेले १ करोड र रमेश शर्माले १ करोड ५० लाख सहयोग गरेका छन् । राज बहादुर शाहले ३ करोड, पशुपति मुरारका (अर्घाखाँची सिमेन्ट मार्फत)ले १ करोड ११ लाख, ऊर्जा क्षेत्रमा केन्द्रित बीजी ग्रुपले १ करोड २ लाख, साहस ऊर्जा (हिम पाठक)ले १ करोड ५१ लाख सहयोग गरेका छन् ।

२०८२ भदौमा भएको जेन् जी आन्दोलनमा ठूलो क्षति ब्यहोरेका व्यवसायी ध्रुब थापाले ७० लाख सहयोग गरेका छन् । अपी पावरले ३५ लाख सहयोग गरेको छ ।

चौधरी ग्रुपको चौधरी फाउण्डेशन र नबिल बैंकले संयुक्त रुपमा १५ करोडको प्याकेज घोषणा गरेका छन् भने आईएमई ग्रुपले १० करोड सहयोग गरेको छ ।

गोल्यान ग्रुप फिल्डमै पुगेर भदौ ११ गतेदेखि नै दैनिक ३ सय जना प्रभावितहरुलाई भोजन गराइरहेको छ भने यो ग्रुप अन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले १ करोड रुपैयाँ सहयोग पनि गरेको छ ।

विभिन्न कर्पोरेट ग्रुपहरु, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, व्यवसायिक संघ संस्था र जनस्तरबाट सरकारलाई सहयोग गर्ने क्रम बढिरहेको छ । विदेशी दाताहरुबाट प्राप्त सहयोगबाहेक नेपालबाट मात्रै करिब ५ अर्ब हाराहारी सहयोग संकलन भइसकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

ह्याप्पी इनर्जी लिमिटेडद्वारा २० लाख रुपैयाँ सहयोग

ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २०...

नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धकको जिम्मेवारी कालाखेतीलाई

सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को निमित्त महाप्रबन्धकको जिम्मेवारी...

बुद्ध एयरद्वारा नयाँ सिरिजको जहाजबाट व्यावसायिक उडान शुरु, छठसम्म सस्तो भाडादर

बुध्द एयरले आफ्नो नयाँ सिरिजको ATR-72-600 जहाजबाट व्यावसायिक उडान...

NVIDIA का सीइओद्वारा नेपाललाई डेढ अर्ब सहयोग

विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा...