Monday, August 31, 2026
spot_img

नुवाकोटको त्रिशुली पारीको भूभाग सडक सञ्जालमा जोडियो

spot_img

त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशुली पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सुचारु गरिएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार गल्छी-त्रिशुली राजमार्गअन्तर्गत त्रिशुली पुल पारीबाट त्रिशुली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशुली बजारसम्म सडक सञ्चालनमा आएको हो।

सडक सुचारु भएसँगै नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको छ। साथै, प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहजता हुनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा ५ करोड १ लाख रुपैयाँ सहयोग

विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा...

नेपाल इन्स्योरेन्सद्वारा ५० लाख सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनिय बाढीका कारण भएको जनधनको...

केएल दुगड ग्रुपद्वारा बाढी प्रभावित परिवारलाई खाद्यात्र सामग्री सहयोग

यही भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट...

साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी

बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना...

लेमन ट्री प्रेमियर बुढानिलकण्ठलाई “बेस्ट वेलनेस होटल” अवार्ड

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ग्लोबल टुरिज्म एक्सिलेन्स अवार्डमा...

एनआरएनए अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि एक करोडभन्दा बढी रकम जुट्दै

नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा रहेका गैरआवासीय...