धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ । परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
योसँगै बाढीका कारण सकडमार्ग अवरुद्द भएपछि सम्पर्क टुटेको धादिङ सदरमुकाम धादिङवेँसी पुनः सडक सञ्जालमा जोडिएको छ ।
यसअघि १० भदौको बाढीले धादिङ सदरमुकामलाई काठमाडौंसँग जोड्ने त्रिशूली नदीमाथिको फुर्के खोला पुल बगाएको थियो ।











