Tuesday, August 18, 2026
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा साढे २२ करोड बढी जरिवाना तिरेका छन्। सिडीएसको तथ्यांक आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ गरि शेयर लगानीकर्ताले क्लोज आउटमा परेर कुल २२ करोड ६३ लाख ४७ हजार ४ सय १२ रुपैयाँ ८३ पैसा जरिवाना तिरेका छन्।

जस मध्ये लगानीकर्ताले आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६८ लाख ७१ हजार रुपैयाँ तथा आर्थिक वर्ष २०८२/८३ मा ९ करोड ९४ लाख ७६ हजार रुपैयाँ जरिवाना तिरेका हुन्। यसरी लगानीकर्ताले क्लोज आउटको जरिवाना तिर्दा नेपाल सरकारले भने त्यसको कर वापत ५ करोड ६५ लाख करको रुपमा संकलन गरेको छ । क्लोज आउट जरिवानाको २५ प्रतिशत कर लाग्ने व्यवस्था छ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा २१ हजार १ सय १६ वटा कारोबार क्लोज आउटमा परेको छ । क्लोज आउटमा परेको शेयर संख्या भने १३ लाख ८७ हजार ७ सय ५८ कित्ता तथा क्लोज आउट कारोबार रकम ६३ करोड ४३ लाख रहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा २० हजार २ सय ८० वटा कारोबार क्लोज आउटमा परेको छ । क्लोज आउटमा परेको शेयर संख्या भने १० लाख ७८ हजार ९ सय ८३ कित्ता तथा क्लोज आउट कारोबार रकम ४९ करोड ७३ लाख रहेको छ ।

के हो क्लोज आउट, कसरी परिन्छ  ?

शेयर लगानीकर्ताले शेयर बेचेपछि आफुले बेचे परिणाम बराबरको शेयर ट्रान्सफर गर्न नसकेमा क्लोज आउटमा परेको भनिन्छ । शेयर बिक्री गरेपछि शेयर बिक्री गरेको दिन ब्रोकर कम्पनीले भोलिपल्ट मध्यान्ह १२ बजेसम्ममा ईडिआईएस गरेर शेयर ट्रान्सफर गर्न भन्दै मोबाइलमा म्यासेज पठाउँछ । सो समय सम्ममा शेयर ट्रान्सफर नगरेमा २० प्रतिशतको दरले क्लोजआउटको जरिवानामा परिने पनि म्यासेजमा उल्लेख गरिएको हुन्छ ।

कारोबार गरेको भोलिपल्ट मध्यान्ह १२ बजेसम्ममा शेयर ट्रान्सफर नगरे क्लोज आउटमा परिन्छ । तर कतिपय ब्रोकरले शेयर ट्रान्सफर गर्नको लागि कारोबार गरेको भोलिपल्ट दिनभरको समय पनि दिने गरेका छन् ।

क्लोज आउटमा पर्ने अर्को कारण भनेको आफ्नो खातामा रहेको भन्दा धेरै संख्याको शेयर बेच्नु हो । टिएमएस मार्फत अनलाइन कारोबार गर्दा आफु सँग भएको भन्दा धेरै संख्याको शेयर बिक्रीको लागि अर्डर राखेमा सिस्टमले अर्डर नै लिदैन। तर फोन, एसएमएस मार्फत ब्रोकरलाई भनेर कारोबार गर्दा भएको भन्दा बढी शेयर बिक्री हुन सक्छ । हुँदै नभएको शेयर बिक्री गरेपछि ट्रान्सफर गर्न सकिने कुरै भएन। अनि क्लोजआउटमा परिन्छ ।

कतिपयले भने जानाजान नै आफुसँग नभएको शेयर बिक्री गर्नुका साथै शेयर बिक्री गरेर पनि जानाजान ट्रान्सफर गर्दैनन् । विशेष गरि नयाँ सूचीकृत भएका कम्पनीको सुरुवाती केही दिनको कारोबार यस्तो प्रवृत्ति देखिने गरेको छ । कतिपय जानाजान मूल्य बढाउँनको लागि यस्तो गर्ने गरेका छन् ।

क्लोज आउटबाट कसरी जोगिने ?

क्लोजआउट बाट जोगिनको लागि शेयर बिक्री गर्ने बेलामा आफुसँग कति शेयर छ भनेर यकिन गर्नु पर्छ । आफुसँग भएको शेयर संख्या यकिन गर्नको लागि मेरोशेयर खोलेर मेरोशेयरमा देब्रेपट्टि मेनुमा रहेको माईशेयरमा क्लिक गर्नु पर्छ । त्यहाँ आफुसँग भएको शेयरहरु देखाउछ । त्यहा देखिने सबै शेयर बेच्न मिल्दैन । बेच्न मिल्ने शेयरहरु free balance मा देखिएको हुन्छ । फ्री ब्यालेन्समा देखिएको शेयर मात्र बेच्न मिल्छ ।

यसको साथै आफ्नो टिएमएसमा पनि आफ्नो शेयर संख्या यकिन गर्नु पर्छ । मेरोशेयरमा शेयर आएको भोलिपल्ट मात्र टिएमएसमा देखाउने भएकोले टिएमएसमा शेयर संख्या यकिन गर्नुपर्छ ।

क्लोजआउटबाट जोगिन आफुसँग भएको शेयर संख्या यकिन गरेर मात्र बिक्री गर्नु पर्छ भने शेयर बिक्री गरिसकेपछि मेरोशेयर मार्फत कारोबार गरेको भोलिपल्ट मध्यान्ह १२ बजेसम्म शेयर ट्रान्सफर गरिसक्नुपर्छ । शेयर बिक्री गरेको दिन साँझ नै शेयर ट्रान्सफरको लागि मेरोशेयरमा आईसकेको हुन्छ । आफुले शेयर खरिद गरेको भारित औसत मूल्य wacc र आफुले कति दिन शेयर धारण गरेको हो (Holding days) अपडेट गरेर मेरो शेयरबाट शेयर ट्रान्सफर गर्नुपर्छ ।

शेयर ट्रान्सफर गर्नको लागि मेरोशेयर चाहिने भएकोले साथै मेरोशेयर अध्यावधिक रही रहनु महत्वपूर्ण हुन्छ । जसका  लागि लगानीकर्ताको डिम्याट र मेरोशेयर नवीकरण गरेको हुनु पर्छ । डिम्याट हरेक आर्थिक वर्षमा नवीकरण गर्नु पर्छ भने मेरोशेयर हरेक वर्ष नवीकरण गर्नु पर्छ । यदि डिम्याट र मेरोशेयर नवीकरण छैन भने मेरोशेयर खुल्दैन, र शेयर ट्रान्सफर गर्न सकिदैन । शेयर ट्रान्सफर नगरे क्लोज आउटमा परिन्छ ।

अन्तराष्ट्रिय रुपमा क्लोज आउटको समस्या भनेको अक्सन मार्केट नै हो । तर नेपालमा भने हालसम्म पनि अक्सन मार्केट संचालनमा आउन सकेको छैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img