आज सोमबार पनि सुनको भाउ बढेको छ । आइतबार प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६३ हजार ३० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ९० रुपैयाँ तोकिएको छ ।









