Sunday, August 16, 2026
spot_img

एस.टी.सी. इनर्जी इन्डस्ट्रिजद्वारा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण

spot_img

नेपालमै गुणस्तरीय ब्याट्री उत्पादनका लागि लागि परेको एस.टी.सी. इनर्जी इन्डस्ट्रिज प्रा. लि. ले मकालु पेट्रोल पम्पमा चारदिने निःशुल्क सवारीसाधन ब्याट्री परीक्षण अभियान सफलतापूर्वक सम्पन्न गरेको छ ।

२०८३ साल साउन २५ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको उक्त अभियानमा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण गरिएको कम्पनीले जनाएको छ ।

अभियानका क्रममा पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनका ब्याट्री परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ब्याट्रीको हेल्थ तथा समग्र कार्यक्षमता जाँच गरी सवारीधनीहरूलाई आवश्यक जानकारी प्रदान गरिएको थियो ।

नेपालमै उत्पादित एस.टी.सी. राइड तथा एस.टी.सी. इनर्जी ब्रान्डका ब्याट्रीको प्रवद्र्धनसँगै ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा सवारीधनीहरूको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया रहेको थियो ।

अभियानबाट प्राप्त सकारात्मक प्रतिक्रिया र प्रभावकारी सहभागितालाई मध्यनजर गर्दै एस.टी.सी. इनर्जी इन्डस्ट्रिजले आगामी दिनमा पनि यसैगरी ब्याट्री परीक्षण तथा ग्राहककेन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।

नेपालमै गुणस्तरीय ब्याट्री उत्पादन गर्दै आएको कम्पनीले आफ्ना उत्पादन र सेवामार्फत नेपाली उपभोक्तालाई भरपर्दो तथा प्रभावकारी समाधान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

नेपालमै बनेको विद्युतीय स्कुटर हेर्न कारखानामै पुगे अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका...

एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि क्यापिटलले संचालन गरेको ३ वटा म्युचुअल फण्डको लाभांश...

नाफामा गयो स्वस्तिक लघुवित्त, ईपीएस २८.४३ रुपैयाँ

स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

‘अहिलेको कानून संशोधन नगरी निजी क्षेत्रलाई विद्युत ब्यापारको लाइसेन्स दिन सम्भव’

ऊर्जा क्षेत्रका सरोकारवालाहरुले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तराष्ट्रिय...

३२ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा: एउटा घाटामा, ४ वटाले लाभांश दिन नसक्ने

संचालनमा रहेका २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३...
spot_img