Thursday, August 6, 2026
spot_img

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँग छलफल गरेका छन् । बुधबार बिहान उनले कार्यकारी निर्देशकहरुलाई सिंहदरबारमै बोलाएर छलफल गरेका हुन् ।

छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले पछिल्ला केही दिनमा आफूले उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग लामो छलफल गरेको स्मरण गरे । उनले उद्योगी व्यवसायी र बैंकर्स सँगको छलफलबाट निजी क्षेत्र अवसरसँगै बढी आत्मविश्वास खोजिरहेको स्पष्ट भएको बताए । उनले उद्योगी व्यवसायीलाई केवल सहुलियत नभई स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन चाहिएको बताए ।

आजको छलफलमा अर्थमन्त्रीले केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरुलाई विभन्न प्रश्नहरु राखेका छन् । ‘हामीले पछिल्लो एक दशकलाई फर्केर हेर्नुपर्छ । के हामीले नीतिगत रूपमा सही निर्णयहरू गर्न सकेनौँ ? धेरै ठाउँमा सकेका थियौँ । तर ती निर्णयहरू कार्यान्वयनसम्म पुग्दा किन अपेक्षित परिणाम दिन सकेनन् ?’ अर्थमन्त्रीले सोधे, ‘किन निजी क्षेत्र क्रमशः प्रतिरक्षात्मक बन्दै गयो ? किन लगानीको आत्मविश्वास कमजोर भयो ? किन बैंकमा तरलता बढ्दै गयो तर उद्योगमा कर्जा पुग्न सकेन ? किन पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बन्दै गयो ? किन उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन सकेन ?’

उनले यी प्रश्नहरू केवल समीक्षा गर्ने विषय मात्रै नभई यिनै प्रश्नको उत्तरले आगामी दशकको आर्थिक नीति निर्धारण गर्ने पनि बताएका छन् ।

उनले सरकारले घोषणा गरेका आर्थिक सुधारहरूलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले अब कुन–कुन नीतिगत पहल गर्नुपर्छ ? उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह कसरी बढाउन सकिन्छ ? बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग र रोजगारीमा कसरी रूपान्तरण गर्न सकिन्छ ? भन्ने प्रश्नसमेत राखेका छन् । यस्तै, पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध कसरी निर्माण गर्न सकिन्छ ? मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउने ? डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई कसरी सहज बनाउने ? हाम्रो नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ कि प्रोत्साहन गरिरहेको छ ? भन्ने प्रश्न पनि उनले कार्यकारी निर्देशकहरुलाई राखेका छन् ।

अर्थमन्त्रीले ‘यो सम्भव छैन’ भन्ने सोचबाट नभई ‘यसलाई सम्भव बनाउन के गर्नुपर्छ ?’ भन्ने सोचबाट छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै अहिले नेपाललाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास रहेको बताएका छन् । सरकार आत्मविश्वासी छ, नेपाल राष्ट्र बैंक आत्मविश्वासी छ, बैंकिङ प्रणाली आत्मविश्वासी छ र निजी क्षेत्र आत्मविश्वासी छ भने आर्थिक वृद्धि धेरै टाढाको लक्ष्य नहुने उनको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह नियुक्त

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह...

सुनको भाउमा भारी वृद्धि, फेरि तोलाको ३ लाख नजिक

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

कर्मचारीको नयाँ तलबमानः २८ हजार ९८४ रुपैयाँदेखि ९० हजार ५९४ रुपैयाँसम्म (सूची)

बजेटमा घोषणा भए अनुसार कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत भएको...
spot_img