Thursday, July 30, 2026
spot_img

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

spot_img

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मा सागरराज गौतमलाई दिएका दिएका हुन् ।

उर्जा मन्त्रालयका सहसचिव गौतम यस अघि मन्त्रालयको विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखा प्रमुख थिए। गौतम २०८० माघमा सहसचिवमा बढुवा भएका थिए । बिजनेशपानाले हिजो नै विद्युत विकास विभागको महानिर्देशक फेरिन लागेको र सागरराज गौतमको नाम सर्वाधिक चर्चामा रहेको समाचार प्रकाशन गरेको थियो ।

गौतम विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य सिफारिस गर्न गठित समितिको सदस्य पनि थिए।  विराज भक्त श्रेष्ठ मन्त्री भएपछि सहसचिव सागरराज गौतम कै नेतृत्वमा पेन्डिङ पीपीए तथा अनुमतिपत्र १८० दिनभित्र टुंग्याउने समिति गठन भएको थियो। सो समितिले विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिस गरेको थियो । उनी नेतृत्व कै समितिले लाईसेन्स रद्दसम्मको सिफारिस गरेको र सो कार्यान्वयन विभाग मार्फत हुने भएकोले त्यसको जिम्मा उनलाई नै दिन उपयुक्त हुने भएकोले पनि विभागमा मन्त्रीले गौतमलाई पठाएको बताईन्छ । मन्त्री श्रेष्ठ आएपछि गौतमले विभिन्न थप जिम्मेवारी पाएकोले पनि गौतमलाई मन्त्री श्रेष्ठको विश्वासपात्रको रुपमा हेरिएको छ ।

विभागको महानिर्देशक रहेकी मनदेवी श्रेष्ठ भने मन्त्रालय तानिएकी छिन्। उनी २०८२ असोजमा विभागको महानिर्देशक नियुक्त भएकी थिईन् । तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङले श्रेष्ठलाई विभागको महानिर्देशकको रुपमा नियुक्त गरेका थिए। श्रेष्ठ विभागको पहिलो महिला महानिर्देशक समेत हुन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कसको लागि घटाईयो नेप्से सीइओको लागि आवश्यक योग्यता ?

सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत...

भगवति हाइड्रोपावरको ५७ लाख कित्ता बढी शेयरको लकइन अवधि भदौमा सकिँदै

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख कित्ता बढी...

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले बनाए समिति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न...

ट्रान्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो ISO 9001:2015 प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट...

११ लाखभन्दा बढी घरमा पुग्यो वर्ल्डलिंक, ३५ प्रतिशत बजार हिस्सा

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img