नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ । टेलिकमले एक प्रेस विज्ञप्ति जारी गर्दै सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइनबाटै आवेदन दिएर सहज रुपमै सिमकार्ड प्राप्त गर्न सकिने जनाएको हो ।
अनलाइनमार्फत आवेदन दिएपछि ग्राहक आफैँ काउन्टरमा गएर वा आफ्ना प्रतिनिधि पठाएर सिमकार्ड लिन सक्नेछन् । यसका लागि ५० रुपैयाँ भने शुल्क लाग्ने टेलिकमले जनाएको छ ।









