Friday, July 17, 2026
spot_img

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

spot_img

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २० दिनदेखि अनसनमा छन् । २० दिनदेखि पानी मात्र खाएर अनसनमा रहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। यस अवधिमा उनको तौल ९.१ किलो घटिसकेको छ।

शिक्षा प्रणालीमा सुधारको माग गर्दै उनी अनसन बसेका हुन्। NEET र अन्य परीक्षाहरूको पेपर लीक जस्ता घटनाहरूमा उनले सरकारको जवाबदेहीता खोजेका छन्। उनले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र प्रभावित विद्यार्थी परिवारहरूलाई १ करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेका छन्। त्यस्तै उनले लद्दाखलाई ६औं अनुसूची (Sixth Schedule) मा समावेश गरी संवैधानिक सुरक्षा, पर्यावरण तथा सांस्कृतिक संरक्षण, सीमाक्षेत्रको रणनीतिक महत्वलाई ध्यानमा राखेर तत्काल सम्बोधन गर्न माग गरेका छन्।

वाङ्चुकले यसअघि पनि पटक-पटक अनशन गरेका थिए। उनले भनेका छन्, “मलाई फेरि यो गर्न मन थिएन, तर सरकारले दिएको वचन पूरा नगरेपछि बाध्य भएँ। म मर्न सक्छु, तर पछि हट्दिनँ।” उनी यो अनशन ६ हप्ता (४२ दिन) सम्म वा मृत्यु पर्यन्त जारी राख्न तयार रहेको बताएका छन्। उनको रक्तचाप अत्यन्तै कमजोर भएको छ ।

चिकित्सकले स्वास्थ्य अवस्था धेरै नै जटिल बन्दै गएको बताएका छन् । तर वाङ्चुक अझै दृढ छन्।  उनले बाहिरबाट कमजोर देखिए पनि भित्रबाट बलियो भएको बताएका छन् ।
अन्य महत्वपूर्ण कुराहरू

वाङ्चुकले आफूलाई “गान्धी” नभई सामान्य नागरिक भनेका छन् र सबैलाई आफ्नो जिम्मेवारी वहन गर्न आह्वान गरेका छन्। लद्दाखका मुद्दाहरूमा उनी लामो समयदेखि सक्रिय छन् । उनले २०२४ र २०२५ मा पनि अनशन र प्रदर्शन गरेका थिए।

यो अनशनले शिक्षा सुधार र लद्दाखको संरक्षणको मुद्दालाई फेरि राष्ट्रिय बहसमा ल्याएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

नयाँ नेतृत्वमा लुम्बिनी विकास बैंक, सीईओ सुमन आचार्यले सम्हाले कार्यभार

लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)...
spot_img