आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४४ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ९० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ८ रुपैयाँ तोकिएको छ ।









