Wednesday, July 15, 2026
spot_img

धुनीवेशीका स्थानीयका लागि युनाईटेड सिमेन्ट्सको निःशुल्क स्वास्थ्य शिविर

spot_img

युनाईटेड सिमेन्ट्सले धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दाका लागि निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

ललितपुरस्थित मेघा अस्पतालका ७ जना स्वास्थ्यकर्मीको सहभागितामा सञ्चालन गरिएको शिविरमा जनरल फिजिसियन डा. जमाल अश्रफ, बालरोग विशेषज्ञ डा. दीपा खनाल तथा दन्तरोग विशेषज्ञ डा. सङ्गीता कुमारीले विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेका थिए । अस्पतालकी संयोजक शिल्पा पोखरेलले स्वास्थ्य टोलीको नेतृत्व गरेकी थिइन् ।

शिविरबाट कुल १४३ जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए । सेवा लिनेमध्ये ७ वर्षका बालबालिकादेखि ८५ वर्षसम्मका ज्येष्ठ नागरिकसम्म रहेका थिए । अधिकांश सेवाग्राही धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दा थिए भने पुरुषको तुलनामा महिलाको सहभागिता उल्लेखनीय रहेको थियो । शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक पर्ने निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी लगायतको समेत उपस्थिति रहेको थियो । शिविरमा सहभागी सबैलाई युनाईटेड सिमेन्ट्सले फलफूलको जुस (फ्रुटी) र बिस्कुट पनि वितरण गरेको थियो । कार्यक्रमको समन्वय युनाईटेड सिमेन्ट्सको प्रशासन प्रमुख धनपति सापकोटाले गरेका थिए भने कम्पनीका महाप्रबन्धक हरिकुमार उप्रेती प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

स्वास्थ्य परीक्षणका क्रममा अधिकांश सेवाग्राहीमा ढाड, कम्मर तथा घुँडाको समस्या देखिएको चिकित्सकहरूले जानकारी दिएका थिए । धेरैजसो स्थानीयले नियमित स्वास्थ्य परीक्षण नगराउने गरेको पनि उनीहरूले बताएका थिए । शिविरमा सहभागी स्थानीयवासीले यस्ता स्वास्थ्य शिविर समय–समयमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

कार्यक्रमको अन्त्यमा स्थानीय बासिन्दाले समुदायको स्वास्थ्यप्रति चासो दिँदै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा युनाईटेड सिमेन्ट्सप्रति आभार व्यक्त गरेका थिए । साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय सरकार, विद्यालयका प्रतिनिधि तथा सम्पूर्ण सहयोगीप्रति कम्पनीका महाप्रबन्धक हरिकुमार उप्रेतीले धन्यवाद दिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाको अर्थ समितिले नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि...

सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा...

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...

आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्दै धितोपत्र बोर्ड, बाँडफाँट सीमा फेरिने

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्ने...
spot_img