Friday, July 10, 2026
spot_img

डिम्याट खातामा आयो एभरेष्ट कलरको शेयर, सूचीकरणको लागि आज नेप्सेमा निवेदन दिँदै

spot_img

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ । सिडिएससीले आईपीओ परेकाहरुको डिम्याट खातामा हिजो साँझ शेयर पठाएको हो ।

अब कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएपछि कारोबारमा आउने छ। कम्पनीले आज शुक्रबार नै शेयर सूचीकरणको लागि नेप्सेमा निवेदन दिने तयारी गरेको छ । अर्को साता शेयर सूचीकरण सम्झौता हुने अनुमान गरिएको छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ।

कम्पनीले जेठ २२ देखि जेठ २७ गतेसम्म आम सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो ।  नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

२०६८ सालमा स्थापना भई एभरेष्ट कलर लिमिटेडले नेपाली बजारमा रङ्ग उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ । कम्पनीले विभिन्न गुणस्तर तथा प्रकारका बाह्य र आन्तरिक ईमल्सन पेन्ट्स र प्राईमर, ईनामेल पेन्ट्स, काठ र धातु प्राईमर, एक्रेलिक डिस्टेम्पर, आल्युमिनियम पेन्ट्स, वाल पुट्टीङ तथा औद्योगिक पेन्ट्सहरु आदि उत्पादन गर्दै आईरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मर्जरपछि यस्तो बन्यो पोखरा फाइनान्सको संचालक समिति, अध्यक्षमा मिश्र

समृद्धि फाइनान्ससँगको मर्जरपछि एकिकृत कारोबार सुरु भएसंगै पोखरा फाइनान्समा...

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला...

भाटभटेनीको विराटनगर स्टोर शनिबारबाट सञ्चालनमा आउने

भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोर असार २७ गतेबाट सञ्चालनमा...

बजेट भूक्तानी बन्द, अन्तिम दिन मात्रै ३३ अर्ब १६ करोड भूक्तानी

आर्थिक वर्ष २०८२/०८३ को बजेट भूक्तानी अब बन्द भएको...

पोखरा र समृद्धि फाइनान्सको एकिकृत कारोबार आजदेखि

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...
spot_img