Monday, August 24, 2026
spot_img
spot_img

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

spot_img

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ । तीन महिना अगाडिबाट हालसम्म आइपुग्दा काठमाडौँमा बर्डफ्लू संक्रमण तीव्र रूपमा फैलिन थालेको पशुसेवा विभागले जनाएको छ ।

विभागका अनुसार हालसम्म अहिलेसम्म विभिन्न ११ जिल्लाका ८२ स्थानमा यसको संक्रमण पुष्टि भइसकेको छ । चैत ४ गते मोरङमा बर्डफ्लू संक्रमण पुष्टि भएको थियो । त्यसयता झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म संक्रमण फैलिएको छ ।

विभागले रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाएको जनाएको छ । हालसम्म ५ लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएको छ । पशुसेवा विभागका महानिर्देशक उमेश दाहालका अनुसार ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ हजार ९५४ क्विन्टल दाना पनि नष्ट गरिएको छ ।

यद्यपी, विभागले बर्डफ्लू नियन्त्रण हुने क्रम पनि बढिरहेको जनाएको छ । झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको जनाएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने संक्रमण बाँकी नै रहेको विभागले जनाएको छ ।

विभागले कुखुरा तथा विभिन्न पन्छी पालक किसानलाई फार्ममा जैविक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न, अण्डाका पूराना क्रेट पुनःप्रयोग नगर्न, ढुवानीका साधनमा निसंक्रमण गर्न र जंगली पन्छीसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिन आग्रह गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...

प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जब एशियाका ४ देशमा एकसाथ ‘ब्ल्याकआउट’ भयो

अगस्ट १४, २०२६ को दिउँसो मध्य एसियाका चार देश—काजाकिस्तान,...
spot_img