Sunday, June 28, 2026
spot_img

मर्ज भए पोखरा र समृद्धि फाइनान्स, असार २६ गतेबाट एकिकृत कारोबार

spot_img
spot_img

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक आपसमा मर्ज भएर २०८३ असार २६ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । पोखरा फाइनान्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो।

यी दुई संस्थाबीच मर्जरको लागि गत साउन ४ गते प्रारम्भिक सम्झौता भएको थियो।  राष्ट्र बैंकले असोज २७ गते दुई संस्थालाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको थियो। दुवै संस्थाको माघ १४ गते सम्पन्न साधारणसभाले मर्जर पस्ताव पारित गरेको थियो ।  राष्ट्र बैंकले २०८३ वैशाख २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो। कम्पनी रजिष्ट्रार कार्यालयले जेठ ७ गते र धितोपत्र बोर्डले असार ३ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेका थिए।

त्यस पश्चात असार ११ गते बसेको संयुक्त मर्जर कमिटिको बैठकले असार २६ गतेदेखि एकिकृत कारोबार गर्ने निर्णय गरेको हो। पोखरा फाइनान्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुने छ। मर्जर पश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँको पुतलीसडक (हाल समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय रहेको स्थान)मा रहने छ।

एकिकृत कारोबार हुने भएकोले डाटा माइग्रेसन लगायतका कार्यको लागि असार २५ गते दुवै संस्थाको सम्पूर्ण बैंकिंग सेवाहरु बन्द रहने छ।

दुवै संस्था समान हैसियतमा मर्ज भएका हुन्। संयुक्त मर्जर समितिले १:१ शेयर आदान प्रदान अनुपात निर्धारण गरेकोमा दुवै कम्पनीको साधारणसभाले सो स्वापलाई पारित गरेका थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img