विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट भएको छ । आयोगका पदाधिकारी नियुक्त गर्न गठित सिफारिस समितिले सदस्यको लागि परेका २२ जनामध्येबाट ९ जनाको नाम सर्टलिस्ट गरेको हो।
सर्टलिस्टमा पर्नेमा निरज्वल बस्नेत, रुद्र प्रसाद सिटौला, जयराज भण्डारी, लोकराज पाठक, बलराम सिलवाल , विज्ञान श्रेष्ठ, अर्जुन कुमार गौतम, नरेन्द्र सिंह भण्डारी, र नारायण प्रसाद सापकोटा रहेका छन् । अब सर्टलिस्टमा परेकाहरुको असार ८ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाता हुने छ।
आयोगमा १ जना अध्यक्ष र एक जना महिला सहित ४ जना सदस्य हुने व्यवस्था छ । अध्यक्षको लागि सर्टलिस्टमा परेकाहरुको असार ६ गते नै व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाता सम्पन्न भईसकेको छ । अध्यक्षको लागि केशवध्वज अधिकारी, डा. राम प्रसाद धिताल, मधुप्रसाद भेटवाल, मोति बहादुर कुँवर, डा. मधुसुदन अधिकारी, भोलानाथ शर्मा घिमिरे र नारायण प्रसाद सापकोटा परेका थिए।
यसअघि आयोगका अध्यक्ष र चार सदस्य सरकारले जारी गरेको ‘ सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो ।












