Sunday, August 2, 2026
spot_img

इप्पानको उपाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी घोषणा

spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को उपाध्यक्ष पदमा युवा उर्जा उद्यमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको आगामी जेठ २९ गते हुने बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । ऊर्जा तथा निर्माण व्यवसायी पन्तले बरिष्ठ उपाध्यक्ष प्रत्यासी उत्तम भ्योल लामाको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

इप्पानको वर्तमान कार्यसमितिको कोषाध्यक्ष समेत रहेका पन्तको यस कार्यकालको चर्चा उर्जा क्षेत्रमा लोभलाग्दो रहेको छ । विशेष गरी जलविद्युत कम्पनीहरुलाई संगठित गरी इप्पानलाई नीतिगत र आर्थिक रुपमा अब्बल बनाउन पन्तको भूमिका ठूला रहेको उर्जा व्यवसायीहरु बताउँछन् ।

उपाध्यक्षको प्रत्यासी पन्त २२.५ मेगावाट क्षमताको ठूलो खोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष समेत हुन् । पन्तको नेतृत्वले १० मेगावाट क्षमताको युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड, ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला हाइड्रो पावर र ५० मेगावाट युनाइटेड मेवा हाइड्रो लिमिटेडको आयोजन निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ भने ६ सय भन्दा बढी मेगावाट क्षमताको विभिन्न आयोजनमा लगानी रहेको छ ।

नेपाल चेम्बर अफ कमर्सका कार्यसमिती सदस्य पन्त चेम्बरको उर्जा समितिका सभापति पनि हुन् । पन्त निर्माण ब्यवसाय, जलविद्युत, इन्भेष्टमेन्ट कम्पनीहरुमा लगानी रहेको देव ग्रुपका अध्यक्ष पनि हुन् ।

उर्जा युवा उद्येमी पन्त जलविद्युत आयोजनाको निर्माणका क्षेत्रमा आफूलाई अब्बल रूपमा स्थापित गरिसकेका छन् । २० वर्ष लामो क्षेत्रगत अनुभवका कारण आफू इप्पानको उपाध्यक्षमा बलियो दाबेदार रहेको उनले बताए । आफू उपाध्यक्ष पदको लागि योग्य भएकाले जलविद्युत उर्जा उद्येमीहरुले सहयोग गर्नेमा पन्त ढुक्क छन् । जलविद्युत क्षेत्रमा उत्पादकहरुले भोग्दै आएको समस्याको समधान गर्ने योजना पन्तसँग छ । आगामी दिनमा उर्जा क्षेत्रले मात्रै देशको विकास गर्ने उनको दावी छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

FIFA अध्यक्षलाई राजीनामा दिन UEFA को दबाब, अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोमाथि...

पब्लिक कम्पनी बन्यो एबीपी इनर्जी

एबीपी इनर्जी प्रालिबाट पब्लिक कम्पनीमा परिणत भएको छ ।...

स्थानीयलाई १०० रुपैयाँ मै हाइड्रोको शेयर दिन इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले स्थानीयबासीलाई जलविद्युतको...

राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको...

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...
spot_img