स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार बलराम खतिवडा समुहले ‘परिवर्तनका लागि, सहभागीतामूलक÷प्रतिनिधीमूलक नयाँ र उर्जा क्षेत्रको अनुभवी नेतृत्व’ को मूल नारा अघि सारेको छ । यस समूहले हिजो बुधबार प्यानल घोषणा गरेको हो ।
अर्को समूह विधान संसोधन प्रस्तावप्रति ईमान्दार नदेखिएपछि बाध्यभएर बर्तमान महासचिव बलराम खतिवडाको नेतृत्वमा नयाँ सदस्यहरुलाई समेत पदाधिकारीमा समेटेर ईप्पानलाई सबैको साझा, सशक्त, प्रभावकारी र एकताबद्ध संस्था बनाउने प्रतिवद्धता सहितको परिवर्तन लागि सहभागितामूलक÷प्रतिनिधीमूलक नयाँ र उर्जा क्षेत्रको अुनभवी नेतृत्वको एजेण्डामा अघि बढेको यस समूहले जनाएको छ ।
यस्ता छन् यस समूहको प्रतिवद्दता
क. ईप्पानसँग सम्वन्धितः
१. ईपानलाई उर्जा उत्पादकहरुको साझा छाता संस्थाको रुपमा विकास गर्न सम्पूर्ण उर्जा उद्यमीहरुलाई ईपानमा आवद्ध गरी, व्यवसायिक एकता सुदृढ र वलियो बनाई संस्थालाई प्रभावकारी रुपले अगाडि बढाउन उर्जा क्षेत्रका सबै प्रवर्धक कम्पनीहरुलाई ईप्पानको सदस्य बनाउने अभियान सञ्चालन गर्ने ।
२. ईप्पानमा आवद्ध सबै उर्जा प्रबर्धक कम्पनीहरुका समस्या तथा गुनासा सुन्न संस्थाको कार्यालयमा हेल्पडेस्कको स्थापना गरि समाधानको पहल गर्नुका साथै सदस्यहरुका समस्या समाधानमा गरेको प्रयास र प्रगतिको समिक्षा गर्न त्रैमासिक रुपमा साधारण सदस्यहरुका विच समिक्षा वैठकहरुको आयोजना गर्ने ।
३. संस्थाको कामलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार कार्यसमिति सदस्य, सल्लाहकार, साधारण सदस्य, जलश्रोत, उर्जा, ईन्जीनियरिङ्ग, अर्थशास्त्र, बाणिज्यशास्त्र, कानुन, वातावरण लगायतका आवश्यक क्षेत्रका विज्ञलाई समेटेर विभिन्न समिति तथा उपसमितिहरु बनाई व्यवस्थित सचिवालय निर्माण गर्ने ।
४. संस्थाको व्यवसायिक कामलाई प्रभावकारी बनाउन, संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक राष्ट्रिय तथा अन्तराष्ट्रिय सेमिनार तथा सम्मेलनहरु आयोजना गर्ने तथा संस्थाको तर्फबाट सहभागी हुने ।
५. उर्जा क्षेत्रमा विद्यमान भैरहेका प्रशासनिक कार्य, नियम, कानुन, आयोजना निर्माण, डिजाईन आदी सम्वन्धित विषयमा अध्ययन अनुसन्धान गरी सोका निष्कर्षहरु प्रकाशन गर्ने र सोको कार्यान्वनको लागि सम्वन्धित निकायसँग समन्वय गरी उर्जा क्षेत्रमा लगानी मैत्रि वातावरण बनाउने ।
६. ईप्पानकोे कार्यालयलाई मिडिया मैत्री बनाउँदै जलश्रोत तथा उर्जाका क्षेत्रमा कृयाशिल पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सञ्चारकर्मीहरुसँगको समन्वयमा तालिम तथा सेमीनारको आयोजना गर्ने ।
७. ईप्पानको सचिवालयलाई व्यवस्थीत तथा प्रभावकारी रुपमा सञ्चालन गर्ने र ३ वर्ष भीत्र संस्थाको आफ्नै भवन निर्माण वा खरिद गर्ने ।
ख) सरकारसँग सम्वन्धित,
१. विद्युत उत्पादनसँग प्रत्यक्ष सरोकारवाला सरकारी निकायहरु, उर्जा मन्त्रालय, विद्युत नियमन आयोग, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरण लगायतसँगको सम्वन्धलाई संस्थागत एवं व्यवसायिक सम्वन्धमा रुपान्तरण गर्दै १० वर्षमा ३० हजार मे.वा. उर्जा उत्पादनको सरकारी लक्ष्यमा हातेमालो गर्ने ।
२. विद्युत उत्पादनसँग अप्रत्यक्ष सम्वन्ध राख्ने वन तथा वातावरण मन्त्रालय, भुमिसुधार मन्त्राल, अर्थ मन्त्राल, रक्षा मन्त्रालय, उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैक, नेपाल धितोपत्र बोर्ड, वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सम्बन्धित स्थानीय निकाय लगायतहरुसँग संस्थागत एवं व्यवसायिक सम्वन्ध विकास गर्ने र उर्जा उत्पादन सम्वन्धी काम र निति निर्माणमा सहजीकरण तथा समन्वयको भूमिका निर्वाह गर्ने ।
३. उर्जा उत्पादनसँग सम्वन्धीत सरकारले गठन गर्ने विभिन्न आयोग, बोर्ड, समितिहरु तथा लगानी प्रवर्धन बोर्ड र ने.वि.प्रा. आदीमा ईप्पानको तर्फबाट सुनिश्चित सहभगिताको लागि सक्रिय भूमिका निर्वाह गर्ने ।
४. सरकारले घोषणा गरेको ‘उर्जा खपत तथा निर्यात रणनीति २०८३’ मा र ‘नेपाल सरकारको आ.व. २०७३÷०८३’ मा को निति तथा कार्याक्रमका समावेशभए बमोजिमको व्यवस्थाको कार्यान्वयनको लागि सरकारलाई ठोस सुझाव दिने र सरकार भन्दा एक कदम अगाडि रहेर विद्युत विधेयक, जलश्रोत विधेयक, बन ऐन, राष्ट्रिय निकुञ्ज ऐन, कम्पनी ऐन, धितोपत्र सम्वन्धी ऐन, बिमा सम्वन्धी ऐन तथा नियमहरु बनाएर कार्यान्वयको लागि सरकार समक्ष सुझाव पेश गर्ने जस्ता कार्य गर्ने ।
५. ने.वि.प्रा. मा विद्युत खरीद विक्री सम्झौता PPA को लागि आवेदन गरेको १६,००० मे.वा. भन्दाबढी आयोजनाको PPA तत्काल खुलाउनको लागि ठोस कदम चाल्ने ।
६. संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार लागयत सबै सरकारी एवं अन्य सरोकारवाला निकायहरुसँग समन्वय गर्ने ।
७. विद्युत क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन विद्युत आयोजना निर्माण तथा सञ्चालन लागि सहज बनाउन सनसेट ल लगायतका अन्य ऐन, नीति नियम कानून बनाउन आवश्यक गृहकार्य सहित पहल कदमी लिने ।
८. विद्युत प्रशारणमा लाईन निर्माणमा भएको लगानीको समस्याहरुलाई दृष्टिगत गरी BT, BOT, BOOT, SVP, TSA मोडलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रसारण लाईन तथा सवस्टेशनहरु निर्माणको लागि निजी क्षेत्रलाई दिन सरकारलाई सुझाव र दवाव दिने ।
९. विद्युत प्रशारणमा लाईन निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सरकारलाई दवाव दिने ।
१०. विद्युत उर्जाको आन्तरिक खपत एवं बजार विस्तारको लागि वितरण लाईनको सुधार, विद्युतको प्रयोग, विद्युतीय सवारी साधनको प्रयोगमा विस्तार गर्न सरकारलाई आवश्यक नीति निर्माणका लागि नेपाल सरकारसँग हातेमालो गरि अघि बढ्ने ।
११ . विद्युत व्यापारको अनुमती निजी क्षेत्रलाई तत्काली दिन सरकारसंग पहल गर्ने ।
१२ . नेपाल विद्युत प्राधिकरणले सम्झौता अनुसार निर्माण गर्नुपर्ने विद्युत प्रसारण लाईन समयमा सम्पन्न नगरिएका कारणले निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट खेर गएको विद्युतको रकम भुक्तानीको लागि पहल गर्ने ।
१३ . PPA मा भएका असमान सम्झौताहरु अध्ययन गरी संशोधनका लागि प्रशासनिक तथा कानूनी कदमहरु अगाडि बढाउने ।
१४ . विद्युत खरिद विक्री सम्झौतामा उल्लेख भए अनुसार ने.वि.प्रा.को कारणले प्रसारण लाईन Outage हुँदा उत्पादनमा भएको क्षती वापतको रकम मासिक विलमा समायोजन गर्न ठोस कदम चाल्ने ।
१५ . विद्युत खरिद विक्रि सम्झौतामा उल्लेख भएको Take or Pay को व्यवस्थालाई अक्षरस लागू गर्न पहल दिने ।
१६ . ने.वि.प्रा. को प्रसारण लाईनको ढिलाई,र सरकारी जग्गा उभोग तथा रुखकटान अनुमतीमा अवरोध, बाढी पहिरो, जेनजी आन्दोलन, स्थानीय अवरोध, पेट्रोलीय पदार्थको मुल्यबृद्धी लगायतका कारणले आयोजना निर्माणमा भएको ढिलाईलाई दृष्टीगत गरी सबैको ३ बर्ष RCOD थप गर्न दवाव मूलक कार्यक्रम गर्ने ।
ग) बैंक, वित्त तथा विमा
१. राष्ट्र बैंक तथा अर्थ मन्त्रालय सँग आवश्यक छलफल गरी बैंक तथा वित्तिय संस्थाले प्रवाह गर्ने कुल ऋणको न्युनतम् २० प्रतिशत उर्जा क्षेत्रमा अनिवार्य लगानी व्यवस्थालाई निरन्तरता दिन दवाव मूलक कार्यक्रम गर्ने ।
२. राष्ट्र बैंक तथा अर्थ मन्त्रालय सँग आवश्यक छलफल गरी नेपालको हरित उर्जाको विकासको लागि विशेष ऋण÷ अनुदानको व्यवस्था गर्न पहल गर्ने ।
३. विदेशी वित्तीय संस्था तथा अन्तराष्ट्रिय पूँजी लगानी गर्ने संघसंस्थाहरुबाट हरित उर्जामा सहुलियत पूर्ण व्याजमा ऋण लगानी तथा शेयर पुँजी भित्र्याउने नीतिगत व्यवस्थागर्न सरकारसँग हातेमालो गर्ने ।
४. निर्माण तथा सञ्चालनमा रहेका विद्युत आयोजनाहरुको लागि वीमा कम्पनी तथा पुर्नविमा कम्पनीबाट सहुलियतपुर्ण मुल्यमा अधिकतम सेवा पाउने बनाउनको लागि विमा समिति र विमा कम्पनीहरुसँग आवश्यक छलफल गर्ने ।
५. नेपाल धितोपत्र बोर्डबाट जलविद्युत कम्पनीको प्राथमिक शेयर निश्कासन IPO को लाइमा रहेका कम्पनीहरु तत्कालै IPO खुलाउन र दोहोरो आईजिन हटाउन सरकारलाई दवाव दिने ।
६. आयोजना निर्माण सम्पन्न भए पश्चात आयोजना बैक तथा वित्तीय संस्थाले निर्माणको लागि करार सम्झौता गर्दा लिइएको व्यक्तिगत जमानत स्वतः फिर्ता हुने व्यवस्थाका लागि गृहकार्य गर्ने ।
ग) राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्बन्ध
१. उर्जा क्षेत्रमा लगानी मैत्री वातावरण तयार गर्न तथा उर्जा क्षेत्रका भित्रिएका आधुनिक प्रविधिको प्रवर्धन गर्न, स्वच्छ उर्जा उपभोगमा वृद्धि गर्न सरकारी निकायको नेतृत्वमा उर्जा सम्मेलन र उर्जा प्रर्दशनीहरुको आयोजना गर्ने । यस्ता सम्मेलनका मार्फत उर्जा क्षेत्रको विकासमा देखिएको समस्याको पहिचान गरि उर्जा क्षेत्रमा लगानीको वातावरण तयार गर्न आवश्यक नीति तथा कार्यक्रमहरुको अध्ययन गरी समग्र देशको उर्जा क्षेत्रलाई आत्मनिर्भरता बाटोमा लान हातेमालो गर्ने ।
२. ईप्पानमा आवद्ध सदस्यहरुलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा, सेमिनार, गोष्ठी, सम्मेलन र प्रदर्शनीहरुमा सहभागी गराउने त्यसबाट ज्ञान र अनुभवको आर्जन हुने वातावरण मिलाउने ।
३. छिमेकी मुलुकहरुसँग विद्युत व्यापार तथा विद्युत आदान प्रदानका लागि अध्ययन गरि नीतिगत व्यवस्था गर्न नेपाल सरकारसँग हातेमालो गर्ने ।
४. व्यवसायिक हितको लागि नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श जस्ता व्यवसायिक संस्थाहरुसँग सहकार्य गर्ने ।
५. पेशागत संस्थाहरु जस्तै नेपाल ईन्जीनियरिङ्ग एसोसिएसन, नेपाल टनेलीङ्ग एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन लागयतका संस्थाहरुसँग छलफल र अन्तरकृया गर्ने ।
६. संसदमा रहेको राजनीतिक दलसँग नेपालमा उर्जा विकासको अवस्था, संभावना र गर्नुपर्ने काम सँगै लगानी मैत्री निति निर्माणको लागि छलफल तथा अन्तरकृया कार्यक्रम सञ्चालन गर्ने ।
यस्ता छन् यस समूहका उम्मेदवार
बरिष्ठ उपाध्यक्ष: बलराम खतिवडा
उपाध्यक्ष – भरत बहादुर खत्री, भरत प्रसाद नेपाल, कुमार खरेल , ई. दिपक पौडेल,
महासचिव – प्रकाशचन्द्र दुलाल
सचिव – कृष्ण प्रसाद घिमिरे, तारा बहादुर इस्बो लिम्बु, ई. बिरेन्द्र बहादुर मल्ल, संगीता धमला, इशा श्रेष्ठ,
कोषाध्यक्ष – ई. मिथुन पौडेल,
सदस्य- सोमनाथ कडेल, डा. भुषण गुरागाई, सन्तोष राज नेपाल, मिलन खड्का, जगदिश शिवाकोटी, सि.ए. नारायण कडेल, सुकुन्द ओझा, , ज्योति गैरे, इन्दिरा पन्त , प्रदिप ओली, सिर्जना खड्का












