Friday, June 12, 2026
spot_img

अमेरिका–इरान तनाव चर्कियो, इरानद्वारा होर्मुज जलमार्ग बन्दको घोषणा

spot_img
spot_img

अमेरिकी सेनाले फेरि इरानमाथि आक्रमण गरेपछि इरानले होर्मुज जलडमरूमध्यमा रहेका जहाजहरूलाई निशाना बनाएको जनाएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सका अनुसार होर्मुज जलडमरूमध्यमा सञ्चालित जहाजमाथि आक्रमण गरिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि सम्झौता गर्न ढिलाइ गरेको आरोप लगाउँदै कडा कारबाही गरिने चेतावनी दिएका थिए । अमेरिकी सेनाको केन्द्रीय कमाण्डले बुधबार इरानको निरन्तर र अनावश्यक आक्रामक गतिविधिको प्रत्युत्तरका रुपमा आक्रमण सुरु गरिएको जनाएको थियो ।

यसपछि इरानको आईआरजीसीले होर्मुज जलडमरूमध्यमा रहेका दुईवटा जहाजमाथि आक्रमण गरेको छ ।

साथै, फारसको खाडीस्थित इरानको क़ेश्म द्वीपमा विस्फोटका आवाज सुनिएको सञ्चार माध्यमहरुले जनाएका छन् । बन्दर अब्बास, सिरिक तथा अन्य केही सहरमा पनि विस्फोटका समाचार आएका छन् ।

अमेरिकी आक्रमणको जवाफमा इरानी सरकारी सञ्चारमाध्यमहरूले होर्मुज जलडमरूमध्यलाई “सबै प्रकारका जहाजका लागि पूर्ण रूपमा बन्द गरिएको” बताएका छन् । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इरान कुनै पनि दबाब वा धम्कीसमक्ष नझुक्ने बताएका छन् ।

अप्रिलमा अमेरिका र इरानबीच युद्धविरामको प्रारम्भिक सहमति भएको थियो । १५ दिनका लागि लागू रहने भनिएको उक्त युद्धविरामको अवधि सकिएपछि दुवै पक्षबीच बेलाबेला गोलीबारी तथा सीमित सैन्य कारबाही भइरहे पनि पूर्ण युद्धमा परिणत भने भइसकेको थिएन ।

तर, वासिङ्टन र तेहरानबीच वार्ता गराउने प्रयासहरू अवरुद्ध भएपछि आक्रमण सुरु भएको छ । इरानले मंगलबार एक अमेरिकी हेलिकोप्टर खसालिदिएको बताइएको छ ।

त्यसपछि अमेरिकाले इरानका केही सैन्य केन्द्रहरूमा आक्रमण गर्‍यो भने जवाफमा इरानले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनाव: उपमहासचिव र ५ जना सचिव निर्विरोध निर्वाचित

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले जेठ २९ गते शुक्रबार...

अनुमति लिएर काम नगर्ने हाइड्रोको लाईसेन्स खारेज हुँदै, प्रतिवेदनले के दियो राय ?

विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा...

निजी क्षेत्रबाट को को पर्दैछन् सम्पत्ति छानबिनको दायरामा ?

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रका...

इप्पान चुनाव: ‘भिजन २०२९’ सहित उत्तम समूहको प्यानल घोषणा, यस्ता छन् ६१ प्रतिवद्दता

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार...

इप्पान चुनाव: परिवर्तनको एजेण्डासहित खतिवडा समूहको प्यानल घोषणा, यस्ता छन् प्रतिवद्दता

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार...
spot_img