Tuesday, September 8, 2026
spot_img

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

spot_img

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका सामग्री खरिद गर्न १ करोड ४० लाख बजेट छुट्याएको छ । पूर्वाधार विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०८३/८४ को लागि यो बजेट छुट्याएको हो ।

जस अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मेसिनरी औजार, टिभि, फ्रिज, कम्युटर, प्रिन्टर, ल्यापटप, वासिङ मेसिन, फोटोकपी मेसिन, गिजर, सि सि क्यामरा लगायतका सामान खरिदको लागि माग र आवश्यक्ता अनुसार १ करोड ४० लाख बजेट छुट्याईएको छ ।

त्यस्तै प्रधानमन्त्री निवासको बाहिरी गेटमा Vehicle Scanner तथा अन्य सुरक्षा उपकरण जडान गर्न १ करोड बजेट छुट्याएको छ । प्रधानमन्त्री निवासको विभिनन मर्मत कार्यको लागि अर्को ५० लाख बजेट छुट्याईएको छ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा मन्त्रिक्वाटरमा इलेक्ट्रिकल सम्बन्धि मर्मत कार्यको लागि १ करोड बजेट छुट्याईएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको सरकारि निवासमा मेसिनरी औजार, टिभि, फ्रिज, कम्युटर प्रिन्टर, ल्यापटप, वासिङ मेसिन, फोटोकपि मेसिन, गिजर, सि सि क्यामरा लगायतका सामान खरिदको लागि ८० लाख बजेट छुट्याईएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा फर्निचर फर्निसिङ कार्यको लागि ७८ लाख २० हजार बजेट छुट्याईएको छ।

सिंहदरबार स्थित संसद भवन परिसरमा जेन – जी शहिदहरुको सालिक तथा स्तम्भ निर्माणको लागि २ करोड ३० लाख बजेट छुट्याईएको छ। यो कार्य नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमार्फत हुने छ । संसद भवन मै जेन्जी शहिद स्मारक पार्क निर्माणको लागि १ करोड ४० लाख बजेट छुट्याईएको छ।

पुल्चोकमा मन्त्री निवास निर्माण गर्न ५० लाख बजेट र त्यहि सुरक्षा निकायको भवन निर्माण गर्न ५० लाख छुट्याईएको छ। भैसीपाटीको मन्त्री निवासका विभिन्न भवन मर्मत सुधारको लागि ६० लाख बजेट छुट्याईएको छ।  भैसीपाटीको मन्त्री निवासमा सिसिटिभी जडान र मर्मतको लागि ५० लाख बजेट छुट्याईएको छ । भैसीपाटीको मन्त्री निवासमा स्वास्थ्य क्लबका लागि आवश्यक उपकरण खरिद गर्न ४० लाख बजेट छुट्याईएको छ । भाडामा बस्ने मन्त्रीलाई फर्निचर किन्न १७ लाख बजेट छुट्याईएको छ ।  भैसीपाटीको मन्त्री निवासमा क्षेत्र भित्र सिसिटिभी लगायत थप निर्माण कार्यको लागि २ करोड बजेट छुट्याईएको छ । भैसीपाटीको मन्त्री निवासको दोस्रो चरणको निर्माण कार्यको लागि ५० लाख बजेट छुट्याईएको छ ।

सरकारले पूर्वाधार विकास मन्त्रालयलाई कुल ९४ करोड ७७ लाख बजेट विनियोजन गरेको छ। मन्त्रालय मार्फत हुने वित्तीय र शशर्त अनुदान सहित मन्त्रालयले कुल १ खर्ब १३ अर्ब बजेट पाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूँजीबजार विकास र सुधारका उपाय पेश गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...