आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय २३ रुपैयाँ तोकिएको छ ।












