Tuesday, August 25, 2026
spot_img
spot_img

काठमाडौँ एयरपोर्टभित्रको इन्धन भण्डारण डिपो सार्न प्रधानमन्त्रीको निर्देशन

spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरसँगैको इन्धन भण्डारण सार्न निर्देशन दिएका छन् । आज सिंहदरबारमा नवनियुक्त राज्य मन्त्रीहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले सम्वद्ध मन्त्रीहरुलाई समेत निर्देशन दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउको उक्त हवाइ इन्धन भण्डारण डिपो स्थानान्तरणको प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

सिनामंगल तर्फको नेपाल आयल निगमको हवाइ इन्धन डिपोले सुरक्षा खतरा बढिरहेको भन्ने गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले उक्त डिपोलाई अन्यत्र स्थानान्तरण गर्न सम्बद्ध मन्त्री र राज्यमन्त्रीलाई निर्देशन दिएका हुन् ।

घना बस्तीको नजिकै हवाई इन्धन डिपो रहँदा अति जोखिम हुने भन्दै आयल निगमको सो हवाइ इन्धन डिपो सानुपर्ने आवाज उठिरहे पनि आयल निगमले अटेरी गरिरहेको छ । साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएसँगै पुनः सर्वसाधारणले समेत उक्त डिपो स्थानान्तरण गर्नुपर्ने आवाज उठाइरहेका छन् ।

उक्त हवाइ इन्धन डिपोको क्षमता ७६ लाख ४० हजार लिटर छ । यसअघि नै उक्त डिपोलाई काठमाडौँ एयरपोर्टको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स भवन नजिकै सार्न ५० रोपनी जग्गा उपलब्ध गराइएको छ । तर, आयल निगमले स्थानान्तरण गर्न अटेरी गरिरहेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...
spot_img