आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २१ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६४ हजार ९ सय २० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ४ सय ८४ रुपैयाँ तोकिएको छ ।












