दक्षिण-पश्चिम मनसुन भारतको केरला प्रवेश गरेको छ । भारतीय मौसम विभागले आज जेठ २१ गते बिहीबार मनसुन केरलामा प्रवेश गरेको घोषणा गरेको हो ।
यस अघि जेठ २ गते नै निकोबार द्वीप समूह, अण्डमान सागरका धेरै भाग, बंगालको खाडीको दक्षिण-पश्चिम तथा दक्षिण-पूर्वी क्षेत्र र दक्षिण-पूर्वी अरब सागरका केही भागमा मनसुन प्रवेश गरेको थियो। तर त्यसपछि मनसुन फैलने क्रम सुस्त बनेको थियो ।
भारतमा सामान्य मिति (मे २२) भन्दा कम्तीमा ६ दिन अगाडि नै निकोबार द्वीप समूहमा मनसुन भित्रिएको थियो। त्यहि मनसुन केरलामा भने सामान्य मिति भन्दा ३ दिन ढिलो गरि पुगेको छ । आगामी केही दिनमा मनसुन थप क्षेत्रमा फैलिने अनुकूल अवस्था रहेको विभागले जनाएको छ।
केरला आईपुगेको मनसुन नेपाल भित्रिन डेढदेखि २ साता लाग्ने अनुमान गरिएको छ। नेपालको जल तथा मौसम विज्ञान विभागले औपचारिक मिति घोषणा गर्ने छ।
यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने छ ।












