Wednesday, September 9, 2026
spot_img

संसदमा आजदेखि बजेटमाथिको छलफल सुरु हुँदै, अवरोध गर्ने विपक्षी दलको तयारी

spot_img

आज सोमबारदेखि संसदमा बजेटमाथिको छलफल सुरु हुँदै छ। आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बोलाईएको छ।

आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित “आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसपछि आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ ।

यद्यपि आजको बैठकमा विपक्षी दलले अवरोध गर्ने तयारी गरेका छन् । हिजो भएको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि देश तथा विदेशमै ठूलो हलचल उत्पन्न भएको छ। विपक्षी दलले नेपालले कहाँ भूमि मिचेको हो भने भनेर तथ्य सहित स्पष्ट पार्नु पर्ने, त्यसो गर्न नसके प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पर्ने माग गरिरहेका छन् ।

त्यस्तै हिजो अबेर राति विपक्षी दलको अवरोधका बीच बहुमतले प्रतिनिधिसभा संचालन नियमावली पारित गरिएको थियो। त्यसबारे पनि अशन्तुष्टी जनाउदै विपक्षी दलले अवरोध गर्ने तयारी गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा

कालिन्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको ...

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको...

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...