Saturday, May 30, 2026
spot_img

५० युनिटभन्दा बढीको विद्युत खपतमा लगाईएको भ्याट फिर्ता लिन कुलमानको आग्रह

spot_img
spot_img

पूर्व मन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले  ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि लगाईएको भ्याट फिर्ता लिन आग्रह आग्रह गरेका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय फिर्ता लिन घिसिङले माग गरेका हुन्।

उनका अनुसार यो निर्णय आम उपभोक्ताको हितविपरीत, ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत र स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको छ। उनले भनेका छन् ‘ नेपालमा विद्युत पहुँच विस्तार भएसँगै घरायसी प्रयोजनमा विद्युतको प्रयोग बढ्दै गएको छ। खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु प्रयोजनमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले करको अतिरिक्त भार थपेर उपभोक्तालाई दण्डित गर्ने प्रयास गरेको देखिन्छ। मासिक ५० युनिटभन्दा बढी खपत गर्ने अधिकांश ग्राहक सामान्य घरायसी उपभोक्ता हुन्। यस्तो अवस्थामा कर लगाउने निर्णयले लाखौं परिवारको मासिक खर्च बढाउनेछ र भान्सा अझ महँगो बनाउनेछ। ‘

देशभित्रै उत्पादित विद्युतको खपत बढाउन प्रोत्साहनमूलक नीति ल्याउनुपर्नेमा सरकारले उल्टै विद्युत प्रयोगलाई निरुत्साहित गर्ने कदम चालेको उनको भनाई छ। यसले विद्युतीय चुलो लगायतका उपकरणको प्रयोग घटाएर पुनः एलपी ग्यासतर्फ निर्भरता बढाउन सक्ने र त्यो राष्ट्रिय ऊर्जा सुरक्षा, व्यापार घाटा न्यूनीकरण तथा हरित अर्थतन्त्र निर्माणको लक्ष्यसँगस मेल नखाने उनी बताउछन्।

विद्युतको आन्तरिक खपत बढाउनु आजको आवश्यकता रहेकोले विद्युत महसुललाई थप न्यायोचित, प्रगतिशील र उपभोक्तामैत्री बनाउँदै लैजानु पर्ने उनको भनाई छ। त्यसको लागि नयाँ करको बोझ थप्नु नहुने उनी बताउछन्।

स्वदेशी विद्युतको उपयोग, स्वच्छ हरित ऊर्जाको प्रवर्द्धन र आम उपभोक्ताको हितका लागि विद्युत उपभोक्तामाथि लगाइएको यो अतिरिक्त ५ प्रतिशत कर तत्काल फिर्ता लिन उनले सरकारसँग माग गरेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अवधि नै तोकेर सरकारले गर्नेभयो ४१ काम, NTC को शेयर बेच्नेदेखि CAAN टुक्र्याउनेसम्म

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

ईभीमा १३० प्रतिशतसम्म कर

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारीसाधनमा मोटर पावरको...

अब कति कमाउँदा कति तिर्नु पर्छ कर ?

सरकारले आर्थिक विधेयक २०८३ मार्फत् आयकर ऐनको व्यवस्थाअनुसार करयोग्य...

५१ प्रतिशत पुग्यो चुरोटको कर

सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर बृद्धि गरेको छ ।...

सुनको भन्सार शुल्क दोब्बर बढ्यो, विलासिता कर र हिराको भ्याट भने खारेज

नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुन, चाँदी,...

बजेटले पुँजीबजारलाई अर्थतन्त्रको विकास साझेदारका रूपमा स्वीकार गर्यो: अध्यक्ष ढकाल

नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नेपाल...
spot_img