Tuesday, May 26, 2026
spot_img

बेलायतका नेपाली समुदायको ठूलो उत्सवको रुपमा रहेको गोर्खा कप सम्पन्न 

spot_img
spot_img

बेलायतको नेपाली समुदायको सबैभन्दा ठूलो खेलकुद तथा सांस्कृतिक उत्सव मानिने २४औँ गोर्खा कप सम्पन्न भएको छ। तामु धी यूके (Tamudhee UK) ले आयोजना गरेको यो प्रतियोगिता मे २४, २०२६ का दिन अल्डरसटको क्वीन्स एभिन्यू खेल मैदानमा सम्पन्न भएको हो।

कार्यक्रममा करिब २०,००० दर्शकको उपस्थिति रहेको आयोजकले जनाएका छन्। मेन क्याटेगोरी (पुरुष)तर्फ रङभङ समाज यूके ले गुरुजी एलिट एफसी लाई २-० गोलले पराजित गर्दै उपाधि जितेको छ। विजेताले £३,५०० नगद, शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले £२,००० प्राप्त गरे।

भेटेरान्स क्याटेगोरीमा एफसी ०४ विजयी भएको भने  महिला क्याटेगोरीमा तामाङ समाज एफसी विजयी भएको। यो पटक प्रतियोगितामा कुल ५६ टिम सहभागी थिए।

 

पुरस्कार वितरण कार्यक्रममा रनिमिड बरो काउन्सिलका मेयर क्यालम स्टेवर्ट प्रमुख अतिथिको रूपमा थिए। उनीसँगै तामु धी यूके अध्यक्ष जुम्काजी गुरुङ, हिमालयन जेटका अध्यक्ष दीपेन्द्र गुरुङ, एनआरएनए केन्द्रीय अध्यक्ष डा. हेमराज शर्मा, नेपाली दूतावासका मिलिटरी अटाशे ब्रिगेडियर जनरल अनुप शाह लगायतले विजयी टिम र खेलाडीहरूलाई पुरस्कार वितरण गरे। हिमालयन जेटका अध्यक्ष दीपेन्द्र गुरुङले प्रतियोगिताको मुख्य स्पोन्सरको रूपमा सहभागिता जनाउदै पुरस्कार वितरण गरेका हुन्।

गोर्खा कपले खेलकुदका साथै नेपाली संस्कृति, खाना, संगीत र समुदायबीचको एकतालाई पनि प्रबर्धन गर्दै आएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जेनेसिस भेन्चर्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

जेनेसिस भेन्चर्स लिमिटेडले २५ लाख कित्ता आईपीओ निष्काशन गर्ने...

प्रधानमन्त्री एक हप्ता भित्रै संसदमा आउने

प्रधानमन्त्री वालेन्द्र शाह एक हप्ता भित्रै संसदमा आउने भएका...

मोबाइल एप “MoFA Mitra” को शुभारम्भ, विदेशमा समस्या परेकालाई राहत हुने

परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागद्वारा विकसित मोबाइल एप “मोफा...

पालिकाहरु समायोजन गरी २०० को हाराहारीमा झार्नु पर्छ : व्यवसायी वीरेन्द्र बस्नेत

उद्यमी एवं व्यवसायी वीरेन्द्र बहादुर बस्नेतले संविधान संशोधनमार्फत स्थानीय...

काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुँदै

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत...

राष्ट्र बैंक ऐन संशोधन हुँदै: गभर्नर बन्न कडा मापदण्ड, ५ जना स्वतन्त्र संचालक

सरकारले नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी अघि बढाएको...
spot_img