Monday, May 25, 2026
spot_img

बोनस शेयरमा कर नलगाउन महासंघको सुझाव, एकल आईजीन नै कायम राख्न आग्रह

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघले बोनस शेयरमा कर नलगाउन सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेटको लागि सुझाव पेश गर्दै महासंघले बोनस शेयरमा कर नलगाउन भनेको हो।

निकायले पूंजीकरण गर्ने बोनस शेयरले सो निकायको लगानीको क्षमता बढाउने भएकोले उक्त बोनस शेयरलाई लाभांसको रुपमा गणना गरी कर लगाउन नहुने महासंघले उल्लेख गरेको छ। यसो गर्दा अन्तर्राष्ट्रिय अभ्यास अनुकूल हुनुका साथै नाफा रकम पूंजिकृत भई व्यवसाय विस्तारका साथै रोजगारी सिर्जना गर्न र लगानी अभिबृद्धि हुने महासंघले जनाएको छ।

त्यस्तै महासंघले एकल आईजीन प्रणाली कायम राख्दै, प्रमोटर सेयरको लकइन अवधि निगरानी र कार्यान्वयनका लागि नियामकीय नियन्त्रण संयन्त्र लागू गर्न सुझाव दिएको छ।

महासंघले नेप्से र सिडिएसको पुनर्सरचना गरी निजी क्षेत्रको सहभागिता बढाउन र धितोपत्र बोर्डलाई स्वायत्त बनाउन पनि सुझाव दिएको छ। धितोपत्र बोर्डलाई स्वायत्त बनाई यसका काम कार्वाहीहरु पारदर्शी र सार्वजनिक जवाफदेही बनाउनु पर्ने महासंघले उल्लेख गरेको छ। यसबाट पुँजी बजारको स्वस्थ्य विकास गरी सर्वसाधारण लगानीकर्ताको विश्वास अभिवृद्धि हुने महासंघले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

समस्याग्रस्त थप तीन सहकारी १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तिन सहकारीका ऋणीहरूको नाम...

स्नो रिभर्सको आईपीओ मङ्गलबार बाँडफाँड हुँदै

स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ मङ्गलबार बाँडफाँड...

देउवालाई पक्राउ नगर्न अदालतको आदेश

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न आदेश दिएको...

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पुनर्निर्माण

२०८१ सालको असोजमा रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको...

सरकारले बढायो धानको मूल्य, किसानलाई राहत

सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य...
spot_img