सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त हुने पक्का भएको छ । सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो।
समिति सभापति बोधनारायण श्रेष्ठले शर्माको नाम सर्वसम्मत अनुमोदन भएको जानकारी दिए । अब राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । यससँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा तोडिएको छ ।
संवैधानिक परिषद्को गत वैशाख २४ गतेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।












