सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
यस निष्काशनमा जेठ २० गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा न्युनतम न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले बझांगमा ३४.४६ मेगावाटको अपर कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष उमेश श्रेष्ठ हुन् भने अन्य संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, शिव प्रसाद घिमिरे, र तिर्थ राज चटौत रहेका छन् । कम्पनी सचिवको रुपमा प्रमोद आचार्य रहेका छन् ।












