आज सोमबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५२ हजार ७ सय ४५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय २० रुपैयाँ ५० पैसा तोकिएको छ ।












