सानिमा क्यापिटल लिमिटेडले निष्काशन गरेको म्युचुअल फण्डको इकाईमा आवेदन दिने आज जेठ ४ गते अन्तिम दिन रहेको छ । क्यापिटलले वैशाख २४ गतेदेखि सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सानिमा इक्विटी फण्ड २ नामको बन्दमुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको हो ।
यस योजनाको आकार १ अर्बको रहेको छ । यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको छ। जस मध्ये कोष प्रबर्दक सानिमा बैंकलाई १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई र योजना व्यवस्थापक सानिमा क्यापिटललाई २ प्रतिशत अर्थात् २० लाख इकाई सुरक्षित गरिएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम अधिकतम १ करोड कित्ताको लागि आवेदन दिन सकिने छ।












