Friday, May 15, 2026
spot_img

जेठ ४ गतेदेखि प्रि बजेट छलफल

spot_img
spot_img

प्रतिनिधिसभामा जेठ ४ गतेदेखि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफलका लागि आगामी जेठ ४, ५ र ६ गतेका दिनहरू तोकेका हुन्। यस छलफललाई प्रि बजेट छलफल पनि भनिन्छ ।

सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ ४ गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिएका छन्। उनले उक्त छलफलको टिपोट गर्न अर्थ मन्त्रालय र सभाका सचिवालयका कर्मचारीलाई निर्देशन दिएका छन्।

हिजो अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसदमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता पेश गरेका थिए। उनले ५ सिद्धान्त र ५ प्राथमिकता पेश गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई हिरासतमुक्त गर्न आदेश

सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत...

अदालतले भन्यो, ‘१०० रुपैयाँका घरायसी सामान किनेर ल्याउँदा भन्सार लगाउने निर्णय अव्यवहारिक’

सरकारले १०० रुपैयाँ सम्मका सामान भारतीय बजारबाट किनेर ल्याउँदा...

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

नेपाली कांग्रेसको कोषाध्यक्षमा व्यवसायी उमेश श्रेष्ठ मनोनीत भएका छन्...

सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, कुन मन्त्रालयको कति ?

देशको कुल बेरुजु ७ खर्ब ५५ अर्ब बराबर पुगेको...

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको...

एआई र साइबर सुरक्षा सम्बन्धि बेलायतको कोर्स पढाउने टेकपाइलाको औपचारिक सुरुवात

एआई र साइबर सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने...
spot_img