आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५५ हजार ९१५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३९० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ६२१ रुपैयाँ तोकिएको छ ।












