स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई खुलाएको आईपीओमा आवेदन दिने आज जेठ १ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख २९ गतेदेखि आम सर्वसाधारणलाई ७ लाख ७८ हजार १ सय २५ कित्ता शेयर निष्काशन गरेको हो।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले ताप्लेजुङमा १३.५० मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ पुस ५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।
यस कम्पनी अध्यक्ष मोहन बिक्रम कार्की हुन्। कम्पनीका अन्य ठूला शेयरधनीमा नेशनल इक्विटी फण्ड वान, प्रताप गुरुङ, तारा बहादुर कार्की, कृष्ण प्रसाद न्यौपाने लगायत रहेका छन्।









