सगरमाथाको चुचुरोसम्म बाटो बनाउने काम सम्पन्न भएको छ । बाटो बनाउने काम सकिएसँगै वसन्त ऋतुमा हुने सगरमाथा आरोहण खुला भएको छ ।
सगरमाथा, ल्होत्से र नुप्से हिमशिखरको आरोहण मार्गमा पर्ने खुम्बु आइसफलको मार्ग सम्बन्धी व्यवस्थापकीय कामको जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति र सो भन्दा माथि सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने कामको जिम्मेवारी पर्वतारोहण सञ्चालक संघ नेपालले पाएका थिए ।
बुधबार बिहान १०ः२५ मा सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने काम सफल भएको छ । अब आरोहण समेत अब खुला भएको छ ।
बाटो खुलेसँगै आरोहीहरू अब माथिल्लो शिविर जाने क्रम सुरु हुन्छ ।












