Friday, August 7, 2026
spot_img

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

spot_img

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बुधबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बुधबार बिहान ८:३० बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म आम सर्वसाधारणलाई  १७ लाख ४३ हजार कित्ता शेयर निष्काशन गरेको थियो।  नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।

यस कम्पनीले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाट क्षमताको याम्बलिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० फागुन ८ देखि विद्युत उत्पादन गरिरहेको छ ।

यस कम्पनीकी अध्यक्ष इन्द्र माया तामाङ हुन्। अन्य संचालकमा उदीधाम बहादुर देवकोटा, नर हांङ राई, समय कर्माचार्य, रोशन शाह, र सशीराज श्रेष्ठ रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...

5G सेवाको लागि कार्ययोजना पेश गर्न प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र ५जी मोबाइल सेवा सुरु गर्ने...

‘नाडा अटो शो’को टिकट बुकिङमा ५० प्रतिशत छुट

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८...

 ‘स्टार्टअप समिट नेपाल–२०२६’ सुरु 

नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनाको संस्कृतिलाई...
spot_img