Friday, August 14, 2026
spot_img

को बन्दैछ महासंघको वरिष्ठ उपाध्यक्ष ?

spot_img

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनको गृहकार्य सुरु भएको छ । प्रत्यक्ष निर्वाचनमार्फत चार जना उपाध्यक्षहरु र ६९ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको चयन भइसकेकाले अब वरिष्ठ उपाध्यक्ष चयनका लागि आन्तरिक गृहकार्य सुरु गरिएको एक जना पदाधिकारीले जानकारी दिएका छन् ।

निवर्तमान उपाध्यक्ष हेमराज ढकालले यसअघि नै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य आकांक्षीहरुमा निवर्तमान उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्व उपाध्यक्ष रामचन्द्र सांघाई छन् । निवर्तमान कोषाध्यक्ष भरतराज आचार्यलाई पनि वरिष्ठ उपाध्यक्षको सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।

सहमतिको प्रयास सुरु

अध्यक्ष अन्जन श्रेष्ठले सहमतिबाटै वरिष्ठ उपाध्यक्ष चयनका लागि छलफल सुरु गरेका छन् । बिहिबार साँझ बस्ने केन्द्रीय कार्यकारिणी समितिको पहिलो बैठकमा पनि वरिष्ठ उपाध्यक्ष चयनबारे छलफल हुने बताइएको छ ।

‘सकेसम्म सहमतिबाटै वरिष्ठ उपाध्यक्ष चयन गर्ने मेरो लक्ष्य छ, निवर्तमान अध्यक्ष र पूर्व अध्यक्षहरुसँग पनि यस सम्बन्धमा एक चरणको कुराकानी भइसकेको छ । उहाँहरुले निर्वाचनमा जानुभन्दा सहमतिबाटै अघि बढ्दा राम्रो हुन्छ भन्नु भएको छ’ अध्यक्ष श्रेष्ठले भने, ‘सहमतिको कुरा अघि बढिरहेको छ । सर्वसम्मत हुन सकेन भने सबैले मान्ने निर्वाचनको विधि त छँदैछ ।’

बिहिबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वरिष्ठ उपाध्यक्षको निर्वाचन मिति तोक्ने सम्भावना छ । सकेसम्म वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन एकैपटक गर्ने तयारीमा अध्यक्ष श्रेष्ठ देखिएका छन् ।

सुरकृष्ण वैद्यको सम्भावना उच्च

निर्वाचनको परिणाम अनुसार अध्यक्ष श्रेष्ठ समूह बहुमतमा छ । ५० प्रतिशत मतभार रहेको जिल्ला नगर समूहबाट श्रेष्ठ समूहका निर्वाचित केन्द्रीय सदस्य धेरै छन् । एसोसियटमा पनि एक जनाबाहेक सबै श्रेष्ठले समर्थन गरेकै समूहबाट निर्वाचित भएका छन् । वस्तुगततर्फ भने उपाध्यक्ष र बहुमत केन्द्रीय सदस्यहरु हेमराज ढकाल समर्थित छन् ।

यसअघि जिल्ला नगर उपाध्यक्ष रहेको र यसपटक जिल्ला नगरबाट दुबै जना उपाध्यक्षसहित बहुमत केन्द्रीय सदस्य जिताउन भूमीका खेलेको भन्दै सुरकृष्ण वैद्यलाई सहमतिबाटै वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने आवाज उठ्न थालेको छ । यसमा अन्जन श्रेष्ठले ‘ग्रीन सिग्नल’ दिएको बताइन्छ ।

प्रदेश भूगोलबाट आएका १४ जनामध्ये अधिकांश केन्द्रीय सदस्यहरु अन्जन समर्थित छन् । प्रदेश खुलाबाट निर्वाचित भएका १५ जनामध्ये १३ जना पनि अन्जन टिमकै छन् । एक जना सुर्दशन कार्की भने कतै खुलेका थिएनन् । प्रदेश खुलाबाट निर्वाचितमध्ये हेमराज समर्थित उज्वल प्रसाद कसजु मात्रै छन् ।

यस आधारमा सुरकृष्ण वैद्य वरिष्ठ उपाध्यक्ष बन्ने सम्भावना अत्याधिक रहेको बताइएको छ । ‘उहाँ (सुरकृष्ण वैद्य) ले म उठ्दिन भनेको हकमा बाहेक अब उहाँ नै हो’ बिहिबार बिहानको भेटमा एक जना केन्द्रीय सदस्यले भने ।

यसअघि वरिष्ठ उपाध्यक्षमा आकांक्षा राखेका दिनेश श्रेष्ठ, किशोर प्रधान लगायतले भने उम्मेदवारी नदिने पक्का भइसकेको स्रोतले बताएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि...

१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका

विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img