Monday, June 22, 2026
spot_img

पठाओबाट बाहिरिए असीम मान सिंह बस्न्यात

spot_img
spot_img

नेपालमा राइड–सेयरिङको कल्चर विकास गर्न महत्वपूर्ण भूमिका खेल पठाओ नेपालका सह–संस्थापक एवं म्यानेजिङ डाइरेक्टर असीम मान सिंह बस्न्यात कम्पनीबाट औपचारिक रूपमा बिदा भएका छन्। उनले लिङ्कडइनमा ‘Signing Off!’ भन्दै पोस्ट गरेर आफ्नो ८ वर्ष लामो यात्राको समापन गरेको जानकारी दिएका हुन्।

पठाओ नेपालले उनको नेतृत्व र दृष्टिकोणको प्रशंसा गरेको छ। पठाओले भनेको छ “एक विश्वासबाट सुरु भएको यात्रा नेपालको यातायातलाई परिवर्तन गर्ने स्तरमा पुग्यो। असीम मान सिंह बस्न्यातलाई उहाँको नेतृत्व र भिजनका लागि धन्यवाद। हामी यो यात्रालाई अघि बढाउँछौं,” । पठाओ नेपालले उनको योगदानलाई सधैं सम्झने र कम्पनीको विकासलाई निरन्तरता दिने जनाएको छ।

असीम बस्न्यातले सन् २०१८ मा बंगलादेशको पठाओसँगको सहकार्यमा नेपालमा सेवा सुरु गरेका थिए। उनको नेतृत्वमा पठाओ नेपालले काठमाडौंबाट सुरु भएको राइड–सेयरिङ सेवा देशका विभिन्न शहरहरूमा विस्तार गर्‍यो। बाइक राइड, फुड डेलिभरी र लजिस्टिक्स जस्ता क्षेत्रमा विस्तार गर्दै यसले हजारौं युवालाई रोजगारीको अवसर सिर्जना गर्‍यो र नेपालको डिजिटल इकोनोमी तथा गिग इकोनोमीको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ।

बस्न्यात पठाओ नेपालको म्यानेजिङ डाइरेक्टर र फाउन्डिङ बोर्ड मेम्बरका रूपमा सक्रिय थिए। उनको बिदाइसँगै पठाओ नेपालले नयाँ नेतृत्वसँग अघि बढ्ने संकेत गरेको छ।

उनी गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी घोषणा गरेका थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img