Monday, May 4, 2026
spot_img
spot_img

राजस्व नघट्ने गरि सबै करका बोझहरु आगामी बजेटबाट घटाउँछु: अर्थमन्त्री वाग्ले

spot_img
spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटबाट सबै करका बोझहरु घटाउने घोषणा भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ ६०औँ वार्षिक साधारण सभाको उदघाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

उनले राजस्व नघट्ने गरि सबै करका बोझहरु घटाउने भनेको र आगामी बजेटबाट नै यो काम गर्ने बताएका हुन्। माघबाट बजेटको काम गर्न पाएको भए ठूलै सर्जरी गर्न सकिने उल्लेख गर्दै उनले तयारीको समय कम भएपनि रिफर्मका धेरै कुराहरू बजेटमा समावेश गर्ने वाचा पनि मन्त्री वाग्लेले गरेका छन्।

बजेटबारे हाउगुजी धेरै भइरहेको भन्दै उनले १९/२० खर्बको बजेट ल्याउने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र अनुसार कै बजेट आउने उनले आश्वस्त पारे। उनले भने ‘ रास्वपाको बाचापत्र म आफैंले लेखेको हुँ, बाचापत्रमा लेखिएका कुराहरू अनुसार बजेट आउँछ, सय बुँदे प्रतिवद्दतामा १९ देखि ४० बुँदासम्म निजी क्षेत्रका विषय समावेश छन् । तिमध्ये धेरै कुरा कार्यान्वयन भइसकेको छ।’

मन्त्री वाग्लेले निजी क्षेत्र अर्थतन्त्रको खम्बा रहेकोले सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। ७ वर्षभित्र १०० अर्ब डलरको अर्थतन्त्रको परिकल्पना गरेकोमा यसका लागि निजी क्षेत्रको सहयोगको अपेक्षा गरिएको उनले बताए ।
देश बनाउन निजी क्षेत्र बिना सम्भव नहुने उनको भनाई थियो।

उनले निजी क्षेत्रलाई फखेँटा फिजाएर उड्न दिने तर एकाधिकार, सेटिङ र कार्टेलिङ स्वीकार्य नहुने प्रष्ट पारे।
नेता नसमाई काम नहुने, पैसा नखुवाई काम नहुने हिजोको स्थित अब नरहने घोषणा उनले गरे।

उनले उद्योगी व्यवसायी त्रसित नहुन पनि आग्रह गरे ।  इमानदार भएर काम गरेका उद्योगी व्यवसायी त्रसित हुनु नपर्ने तर, उद्योगी र व्यवसायीका नाममा आर्थिक अपराधमा संलग्नले भने सजाय पाउँने उनको भनाई थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लगानीकर्ताको आवाजलाई महासंघमार्फत नीति निर्माताको तहमा पुर्याउन खोज्दै सागर ढकाल

युवा व्यवसायी सागर ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा...

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको...

५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय, कहाँ हुन्छ खर्च ?

सरकारले विश्व बैंकबाट ऋण र अनुदान रकम स्वीकार गर्ने...

भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल...

राष्ट्रपतिबाट फिर्ता भएको अध्यादेश हुबहु जारी गर्नको लागि सरकारले फेरि गर्यो सिफारिस

राष्ट्रपतिबाट फिर्ता भएको संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३...

उर्जाको अनुभवलाई महासंघमार्फत नीति निर्माणको तहमा लैजाने तयारीमा बटु

उर्जा उद्यमी बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय...
spot_img