केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले वैशाख १४ गते आवेदन दिएको हो ।
कम्पनीले १५ करोड ५० लाख रुपैयाँ बराबरको १५ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले चितवनमा फ्रान्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय लुभ्र होटल्स समूह अन्तर्गतको लक्जरी पाँच तारे रिसोर्ट द रोयल ट्युलिप चितवन संचालन गरिरहेको छ।













