Saturday, August 8, 2026
spot_img

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

spot_img

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले वैशाख १४ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १६ करोड २० लाख रुपैयाँ बराबरको १६ लाख २० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो। कम्पनीले आईपीओ निष्काशनको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

२०७६ साल देखि कारोबार सुरु भएको यस रिसोर्ट डोलेश्वर भक्तपुरमा दश रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल यस रिसोर्टमा १५ वटा कोठाहरु छन् र सो संख्या बृद्धि गरी ३५ वटा कोठा पुर्याउने कार्य र स्वीमिङ पुल पनि निमार्णधीन अवस्थामा रहेको छ र सो निर्माण कार्यहरु यस आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य रिसोर्टले लिएको छ । यस रिसोर्टमा ३०० जनासम्मको क्षमता भएको ठूला–साना गरी ३ वटा सभा हलहरु रहेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल यस रिसार्ट विवाह, ब्रतबन्ध, सेमिनार, गोष्टि तथा पिकनिकको लागि उपयुक्त थलो रहेको छ । यहाँबाट प्रसिद्ध धार्मिक स्थल डोलेश्वर महादेव मन्दिर २०० मिटरको दुरीमा रहेको छ । यस कम्पनीका अध्यक्ष रामनाथ मैनाली हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img