Thursday, June 18, 2026
spot_img

२९ महिनापछि टुङ्गो लाग्यो हिमालयन रिइन्स्योरेन्सको आईपीओ मूल्यबारे सर्वोच्चमा परेको मुद्दा

spot_img
spot_img

हिमालयन रिइन्स्योरेन्सको आईपीओ मूल्यबारे सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो लागेको छ । रिट दायर भएको २९ महिनापछि सर्वोच्च अदालतले यो रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ ।

हिजो वैशाख १५ गते सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलाशले यस सम्बन्धी रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गर्ने फैसला गरेको हो । रिट निवेदक मध्येका एक अधिवक्ता भीमसेन रायामाझीका अनुसार सर्वोच्चले सम्क्षिप्त आदेश जारी गरेको छैन । तर सो आदेशमा कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ जारी गर्दा अपनाउनु पर्ने विधि र प्रक्रियाबारे स्पष्ट रुपमा नियामकहरुलाई निर्देशनात्मक आदेश आउने अपेक्षा गरिएको उनले बताए।

के थियो मुद्दा ?

हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने तयारी गरेपछि कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्न नपाउने जिकिर गर्दै यम प्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले २०८० मङ्सिर ८ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनीहरुले कम्पनीको प्रिमियमको आईपीओ रोक्न माग गरेका थिए ।

जुन समयमा सर्वोच्चमा मुद्दा दायर भएको थियो , त्यस समयमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरिरहेको थियो । कम्पनीले मङ्सिर ४ गतेदेखि मङ्सिर १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ खुला गरेको थियो ।

मङ्सिर १० गतेदेखि यस मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । मङ्सिर ११ गते डा. कुमार चुडालको एकल इजलाशले यस मुद्दामा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । त्यसपछि मङ्सिर १८, पुस ४, पुस १६, पुस २३ र माघ ३ गते यो मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइनेमा पर्यो । माघ १० गते सर्वोच्चबाट पूर्ण सुनुवाइको निम्ति पेस गर्ने आदेश भयो भने माघ २९ गते निर्णय फाइल झिकाउने आदेश भयो । त्यसपछि २०८० चैत्र २० मा पेशी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।

सो पछि भने यस मुद्दाको पेशी एक वर्ष पछि अर्थात् २०८१ चैत्र ४ गते तोकियो , तर हेर्न नभ्याइनेमा पर्यो। २०८२ असार ३२ गते फेरी हेर्न नभ्याइनेमा पर्यो । सो पछि हिजो २०८३ वैशाख १५ गते सर्वोच्चले यस मुद्दाको अन्तिम फैसला गरेको हो ।

रिट निवेदकले आफ्नो रिट निवेदनमा नेपाल धितोपत्र बोर्ड खुमलटार ललितपुर , नेपाल धितोपत्र बोर्डको संचालक समिति , नेपाल धितोपत्र बोर्डको तत्कालिन अध्यक्ष रमेश कुमार हमाल , हिमालयन रिईन्स्योरेन्स लि. , बीमा प्राधिकरण कुपण्डोल ललितपुर , बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल / बीमा प्राधिकरणको संचालक समितिलाई विपक्षी बनाएका थिए।

सर्वोच्च अदालतले पहिलो सुनुवाईमा आईपीओ रोक्न अन्तरिम आदेश नदिएपछि कम्पनीलाई आईपीओ जारी गर्ने बाटो खुलेको थियो ।  कम्पनीले सर्वसाधारणलाई पनि आईपीओ निष्काशन गरि हाल कम्पनीको शेयर दोस्रो बजारमा सुचिकृत भई नियमित कारोबार भईरहेको छ।

रिट निवेदकले भने कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न नपाउने जिकिर गर्दै प्रिमियमको पैसा लगानीकर्तालाई फिर्ता गर्नको लागि आदेशको माग गरेका थिए। मुद्दाको सुनुवाई हुन लामो समय लागेको र अब पैसा फिर्ता गर्दा विभिन्न जटिलता उत्पन्न हुने भएकोले न्यायधीशहरुले त्यसतर्फ आदेश नदिएको रिट निवेदक बताउछन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img