Wednesday, August 5, 2026
spot_img

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्स सम्हाल्नको लागि ३ जनाको नाम सर्टलिस्ट

spot_img

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि ३ जनाको नाम सर्टलिस्ट भएको छ। राष्ट्र बैंकले उक्त फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि १ जना संयोजक माग गरेको थियो।

सो पदको लागि प्राप्त आवेदन मध्येबाट राष्ट्र बैंकले ३ जनाको नाम सर्ट लिस्ट गरेको हो । सर्टलिस्ट गरिएका उम्मेदवारमा रवि कुमार उपाध्याय, प्रेमश्वर शाक्य, र दीपेन्द्रराज भण्डारी रहेका छन् । राष्ट्र बैंकले ३ जना उम्मेदवारको  कार्ययोजना प्रस्तुतीकरणको लागि वैशाख २१ र २२ गतेको दिन तोकेको छ भने अन्तर्वार्ताको लागि वैशाख २३ गतेको दिन तोकिएको छ।

कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि राष्ट्र बैंकले फाइनान्सको व्यवस्थापन तथा संचालनको लागि एक जना संयोजक नियुक्त गर्ने छ। छनौट भएका उम्मेदवारको अवधि १ वर्षको हुने छ भने आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६ / ६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिनेछ ।

संयोजकलाई राष्ट्र बैंकले मासिक रु. १,२६,३००/- (अक्षरेपि एक लाख छब्बीस हजार तीन सय मात्र) मासिक पारिश्रमिक (नियमानुसारको करसहित) प्रदान गर्ने छ। दशैं खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गर्ने छ। सोबाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान गरिने छैन । साथै, भैपरि आउने बिदा वार्षिक १२ दिनसम्म पाउने छ।

फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना सम्मिलित व्यवस्थापन समुह गठन गरिएको छ। यस अघि संयोजक रहेका रोशन कुमार अधिकारीले राजीनामा दिएपछि राष्ट्र बैंकले फेरि संयोजक माग गरेको हो । सदस्य पदमा भने प्रकाश घिमिरे रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र...

शेयरबजार सुधार योजना कार्यान्वयनका लागि समन्वय समिति गठन

नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका...

बीमा क्षेत्रमा NFRS 17 कार्यान्वयनबारे लेखामान बोर्ड र बीमा प्राधिकरणबीच छलफल 

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

थपिँदै ‘मेची क्राउन’को प्रतिस्पर्धी, होटल इस्टर्नले खोस्ला बिजनेश ?

झापास्थित होटल ‘मेची क्राउन’ले अहिले त्यस क्षेत्रमा आफ्नो दबदबा...

समस्याग्रस्त सहकारीका थप ३४१ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका...

‘एक महिनाका लागि पुग्ने ग्यास छ भने लाइन नबसिदिनु’

एलपी ग्यास उद्योग संघले एक महिनाका लागि पुग्ने ग्यास...
spot_img