Monday, April 27, 2026
spot_img
spot_img

आर्थिक रुपान्तरणको तयारीमा सरकार, यी ४ क्षेत्रलाई अघि सारिने

spot_img
spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको आर्थिक रुपान्तरणको लागि विभिन्न ४ वटा क्षेत्रलाई अघि सारेका छन् ।  उनले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ नाम दिएर श्वेतपत्र सार्वजनिक गर्दै आर्थिक रुपान्तरणको लागि ४ वटा क्षेत्रलाई अघि सारेका हुन् ।

मन्त्री वाग्लेले आगामी आर्थिक वर्षदेखि औसत सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै पाँचदेखि सात वर्षभित्र प्रति व्यक्ति आय तीन हजार अमेरिकी डलर नाघ्ने र अर्थतन्त्रको आकार सय अर्ब अमेरिकी डलर नजिक पुऱ्याई नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने विभिन्न आधारहरू रहेको उल्लेख गरेका छन्। आर्थिक रुपान्तरणको  लागि संवाहकको रुपमा अघि सारिएको ४ क्षेत्रमा उर्जा, कृषि, पर्यटन र सूचना प्रविधि रहेका छन्।

विद्युत उत्पादनमा कुल जडित क्षमता आगामी ५ वर्षभित्र १५ हजार मेगावाटसम्म पुऱ्याउने, राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजनाहरूको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने, रणनीतिक महत्त्वका नयाँ आयोजनाहरू विकास गर्ने लगायतका पूर्वाधार विकासबाट निजी लगानी समेत आकर्षित भई आर्थिक वृद्धिमा तीव्रता आउने सरकारले उल्लेख गरेको छ ।

त्यस्तै कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै उद्योग र पर्यटनसँग दरिलो अन्तरआवद्धता मार्फत उत्पादनमूलक रोजगारी अभिवृद्धि हुने भनिएको छ।

पर्यटन क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास र पर्यटकीय सेवा तथा आवागमनमा सहजता मार्फत रोजगारी र आय अभिवृद्धि गर्ने सरकारको योजना छ।

कृत्रिम बौद्धिकता (एआई) उपयोग सहितको सूचना तथा प्रविधिको उपयोग र डिजिटल अर्थतन्त्र निर्माणबाट उत्पादन, उत्पादकत्व, रोजगारी र निर्यात अभिवृद्धि हुने श्वेतपत्रमा उल्लेख छ।

हेर्नुस् श्वेतपत्रको पूर्णपाठ : 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एमभी दुगड ग्रुप अन्तर्गतको ग्लोबल हाइड्रोपावरले माग्यो आईपीओ निष्काशन अनुमति

ग्लोबल हाइड्रोपावर एशोशियटले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

सीजीले सार्वजनिक गर्‍यो किङलङको १६ सिटर ईभी माइक्रो, मूल्य कति ?

सीजी मोटर्सले किङलङ १६ सिटर इलेक्ट्रिक माइक्रो सार्वजनिक गरेको...

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसँग ‘एमआरपी’ स्टिकर टाँस्ने बारे छलफल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भन्सार विभागका महानिर्देशक श्याम...

पुरानो गाडीसँग साटेर नयाँ प्रोटोन लैजाने अवसर

नेपालमा प्रोटोन गाडीको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेल्स एण्ड...

महँगो लागतले डिजेल-पेट्रोल गाडीलाई ईभी बनाउन इच्छुक छैनन् व्यवसायी, खोजे छुट सुविधा

सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न...

अर्थमन्त्रीले ल्याए श्वेतपत्र, पुँजीबजारमा पारदर्शीता र स्थिरता आवश्यक रहेको भनाई (पूर्णपाठ)

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक गरेका छन्।...
spot_img