Sunday, August 16, 2026
spot_img

शेखर गोल्छा पक्राउ परेपछि निजी क्षेत्रको असन्तुष्टि

spot_img

निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै निजी क्षेत्रका ३ ठूला संगठनले असन्तुष्टि जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा धारणा सार्वजनिक गर्दै नयाँ सरकार बनेपछि लगानीको वातावरण बन्द भनेर अपेक्षा गरिएको भएपनि निजी क्षेत्र त्रसित हुनुपर्ने वातावरण सिर्जना भएको जनाएका हुन् ।

उद्यमी व्यवसायीमाथि भै रहेको धरपकड र थुनछेकबाट निजी क्षेत्र निरुत्साहित भएको र अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजश्व एवं पुर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने तीन वटै संगठनले जनाएका छन् ।

आर्थिक कसुरका सम्बन्धमा पहिले सुन्ने अनि कसुर प्रमाणित भएपछिमात्र थुन्ने दृष्टिकोण र व्यवहार गर्न निजी क्षेत्रले सरकारलाई ध्यानाकर्षणसमेत गराएको छ ।

उद्यमी व्यवसायीहरुले अनुसन्धानलाई सघाउन आफू पूर्ण तयार रहेको र प्रहरीले बोलाएको समयमा उपस्थित हुने जानकारी गराउँदा गराउँदै पनि आर्थिक कसुरकै अभियोजनमा पक्राउ गरिनुले समग्र निजी क्षेत्रलाई चिन्तित एवं दुःखी बनाएको उनीहरुको धारणा छ । उद्यमी व्यवसायीमाथि धरपकड हुँदा व्यक्तिमात्र नभइ लाखौं रोजगारी, आपूर्ति श्रृखला, बैंकिग क्षेत्र र सम्पूर्ण प्रणालीमै गम्भीर धक्का पुग्न गई अर्थतन्त्र गम्भीर संकटमा पर्ने तर्फ समेत निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि क्यापिटलले संचालन गरेको ३ वटा म्युचुअल फण्डको लाभांश...

नाफामा गयो स्वस्तिक लघुवित्त, ईपीएस २८.४३ रुपैयाँ

स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

‘अहिलेको कानून संशोधन नगरी निजी क्षेत्रलाई विद्युत ब्यापारको लाइसेन्स दिन सम्भव’

ऊर्जा क्षेत्रका सरोकारवालाहरुले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तराष्ट्रिय...

३२ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा: एउटा घाटामा, ४ वटाले लाभांश दिन नसक्ने

संचालनमा रहेका २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३...

निर्वाचन क्षेत्र पुगे अर्थमन्त्री वाग्ले, स्थानीयले सोधे ‘गोरखकाली उद्योग कहिले चल्छ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १...

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...
spot_img