Friday, April 24, 2026
spot_img
spot_img

एपोलो हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

spot_img
spot_img

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज शुक्रबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज वैशाख ११ गते शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो।

कम्पनीले चैत्र २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ८० हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।  

कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीको अध्यक्ष आङ तेन्जी शेर्पा हुन् भने अन्य संचालकमा डिल्ली बहादुर गुरुङ, रेनुका गुरुङ, धन बहादुर बस्नेत, राजेन्द्र गुरुङ, रोजेन कुमार श्रेष्ठ र स्वतन्त्र संचालकमा विष्णु प्रसाद अधिकारी रहेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड, ७८ हजार २० जनाले पाए शेयर

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

आज २०औँ लोकतन्त्र दिवस मनाइँदै

आज २० औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम अयोजना गरी...

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थपियो

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद थप...

टक्सार पिखुवा खोला हाइड्रोले वैशाख २३ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले वैशाख २३ गतेदेखि आम...

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...
spot_img