Friday, April 24, 2026
spot_img
spot_img

टक्सार पिखुवा खोला हाइड्रोले वैशाख २३ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

spot_img
spot_img

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले वैशाख २३ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई २५ लाख १५ हजार ४ सय ५५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

यस निष्काशनमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशन गर्नको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ वैशाख १ गते व्यापारिक उत्पादन गरिरहेको छ ।  कम्पनीका अध्यक्ष अजय बल्लभ पन्त हुन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड, ७८ हजार २० जनाले पाए शेयर

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

आज २०औँ लोकतन्त्र दिवस मनाइँदै

आज २० औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम अयोजना गरी...

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थपियो

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद थप...

एपोलो हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...
spot_img