Tuesday, April 21, 2026
spot_img
spot_img

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img
spot_img

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख ३ गतेदेखि  सर्वसाधारणलाई ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर निष्काशन गरेको हो ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम अधिकतम ११ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। शेयर सूचीकरण पश्चात सोपान फर्मास्युटिकल्स नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी हुने छ ।

कम्पनीका अध्यक्ष डा. अनिल पोखरेल हुन् भने अन्य संचालकमा भिम लाल पौड्याल, कृति कुमारी महतो, अनिश शाह र आङ दोर्जी लामा रहेका छन् । कम्पनीका सीइओ सुमन न्यौपाने हुन् । कम्पनीमा सोपान मल्टिपलको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...
spot_img