Wednesday, April 22, 2026
spot_img
spot_img

इप्पानको साधारणसभा जेठ २९ मा, अध्यक्ष बन्दै मोहन डाँगी

spot_img
spot_img

जलविद्युत उत्पादकहरुको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा र चुनावको मिति तय भएको छ । शुक्रबार बसेको बैठकले जेठ २९ गते साधारणभाको मिति तय गरेको हो ।

यसपाली हुने इप्पानको साधारणसभा चुनाव सहितको हुने भएकाले उक्त साधारणसभाले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । हालका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः अध्यक्ष बन्दैछन् । हालका अध्यक्ष गणेश कार्की कार्यकाल सकेर बिदा हुनेछन् ।

अन्य पदका आकांक्षीहरु खुल्न थालिसकेका छन् । वरिष्ठ उपाध्यक्ष, ५ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव, ५ जना सचिव र एक जना कोषाध्यक्ष पदाधिकारी रहने इप्पानको प्रावधान छ । पदाधिकारीबाहेक १० जना सदस्य पनि हुनेछन् । यी पदका आकांक्षीहरु अहिले भेटघाट र टिम निर्माणमा सक्रिय छन् ।

अकांक्षीहरु धेरै हुने भएकाले सर्वसम्मतिको सम्भावना कम रहेको बताइन्छ । केही दिनमै साधारणसभा र निर्वाचन बारेको सूचना आउने भएकाले त्यसपछि माहोल अझै चर्किने विश्लेषण हुन थालेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । गुरुङले नागरिक...

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ...

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...

तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

WorldLink Communications Limited ले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको...

कम्पनी रजिष्ट्रारको कार्यालयमा  AI Based Call Center संचालनमा

कम्पनी रजिष्ट्रारको कार्यालयले  AI Based Call Center संचालनमा ल्याएको...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बुधबार सुनको भाउ घटेको छ। मंगलबार प्रतितोला ३...
spot_img